aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेप्सेको सीइओ नियुक्ति प्रक्रिया अघि बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ कार्तिक २०७८
नेप्सेको सीइओ नियुक्ति प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीइओ) छनौट प्रक्रिया शुरु भएको छ। मन्त्रालय अर्थले सीइओ सिफारिस समीति बनाएर नियक्ति प्रक्रिया शुरु गरेको हो । 

सर्वोत्तम सिमेन्टको शेयर खरिद विवदाका कारण तत्कालिन सीइओ चन्द्रसिंह साउदले राजीनामा गरेकाले प्रमुख कार्यकारी अधिकृत पद खालि रहेको छ। प्रमुख कार्यकारीका लागि इच्छुकले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। उक्त सीइओ पदमा आवेदन दिनका लागि ब्यवस्थापन,कानुन, चार्टर्ड एकाउन्टेन्टलगायतमा स्नातकोत्तर गरेको हुनु पर्ने व्यवस्था रहेको साथै पाँच वर्षको कार्यअनुभव अनिवार्य समेत रहेको छ। 

प्रतिक्रिया दिनुहोस