नेपालमा मालवस्तु ढुवानी गरिरहेका भारतीय ढुवानी व्यवसायीले नेपालमा ढुवानी दर्ता गरी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएको छ । नेपाली सीमा नाकासम्म सामान ढुवानी गर्ने व्यवसायीबाट भन्सार बिन्दुमै भ्याट असुल हुने गरेको छ ।
देशभित्र पनि ढुवानी गर्ने भारतीय ढुवानीकर्ताले भने भ्याट तिर्नुपर्ने आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले जानकारी दिए । २० लाख रुपैयाभन्दा बढी वार्षिक भुक्तानी लिने भारतीय ढुवानीकर्तालाई पनि भ्याटको दायरामा ल्याइनेछ ।
नेपालमा औद्योगिक कच्चा वस्तु, खान पकाउने ग्याँस तथा विभिन्न व्यापारिक कारोबारका मालवस्तु भारतीय ढुवानीकर्ताले देशका विभिन्न भागमा ढुवानी गर्दै आएका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस