aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

अदानी समूहको प्रवेश अब अनलाइन एपमा पनि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ कार्तिक २०७८
अदानी समूहको प्रवेश अब अनलाइन एपमा पनि

एजेन्सी । अदानी समूहले अनलाइन ट्राभल र होटल बुकिङ फर्म क्लियरट्रिप प्रालिको शेयर किनेको छ । कम्पनीले शुक्रबार एक एक्सचेन्ज फाइलिङमा यो जानकारी दिएको हो । शेयरको प्रतिशत आधिकारिक रूपमा खुलासा गरिएको छैन । अडानी समूहले क्लियरट्रिपमा २० प्रतिशत सेयर खरिद गरेको छ । क्लियरट्रिपमा अडानीको हिस्सेदारी यसको सुपर एपको लागि महत्वपूर्ण छ । सुपर एप मार्फत अदानी समूहले एउटै प्लेटफर्ममा धेरै उपभोक्ता सेवाहरू उपलब्ध गराउनेछ । रिलायन्स र टाटा समूहले पनि सुपर एप ल्याउने तयारी गरिरहेका छन् ।

यस वर्ष अप्रिलमा, फ्लिपकार्टले क्लियरट्रिप प्राप्त गरेको थियो । यो अधिग्रहण पछि, क्लियरट्रिपको हवाइ बुकिङ दस गुणा बढेको छ । कम्पनीले अनलाइन ट्राभल एग्रीगेटर (ओटीए) स्पेसमा बलियो प्रवेश गर्न सफल भएको छ ।

सम्झौताको बारेमा टिप्पणी गर्दै, अदानी समूहका अध्यक्ष गौतम अडानीले ट्वीट गरे, “फ्लिपकार्टसँग हाम्रो साझेदारी विस्तार गर्न पाउँदा खुसी छु । धन्यवाद कल्याण कृष्णमूर्ति हाम्रो सुपर एप यात्रा क्लियरट्रिपमा लगानीसँगै अगाडि बढ्नेछ । यसले हजारौं रोजगारी सिर्जना गर्नेछ ।’’

अडानी समूह पनि एयरपोर्ट व्यवस्थापन व्यवसायमा छ । २०२० मा, अडानी समूहले मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्ट लिमिटेडको आफ्नो अधिनमा लिएको छ ।  अडानी समूहले जयपुर, लखनऊ, मंगलुरु, गुवाहाटी, तिरुवनन्तपुरम र अहमदाबादमा आन्तरिक र अन्तर्राष्ट्रिय एयरपोर्टहरू सञ्चालन गर्दैछ । अदानी समूहको दक्षिण अफ्रिकी एयरपोर्ट कम्पनीमा २३.५ प्रतिशत शेयर समेत रहेको  छ ।

प्रतिक्रिया दिनुहोस