
काठमाडौं । अहिलेको सरकार गठबन्धन सरकार हो । तर, अर्थमन्त्रलय अन्तरगतका केहि गतिविधि हेर्दा त्यस्तो अनुभूत गर्न पाइदैन किनकी त्यहा प्रधानमन्त्री पत्नीको निर्णय नै अन्तिम बन्ने गरेको देखिन्छ । यसको पछिल्लो प्रमाणका रुपमा पेश गर्न सकिने घटना हो धितोपत्र बोर्डएको अध्यक्ष नियुक्तीको सिफारिसका लागि गठित समितिमा देखिएको मनोमानी ।
कस्तो अचम्म छ भने अर्थमन्त्रालयमा माओवादी मन्त्री छन, जनार्दन शर्मा । तर, सो मन्त्रालय मातहतका नियुक्तीदेखि सरुवा बढुवासम्ममा भने पुरापुरा प्रधानमन्त्री पत्नी आरजु राणाको बोलबाला चल्ने गरेको बताइन्छ । यस्तो आरोप र आशंकालाई घटनाक्रमहरुले दिनप्रतिदिन पुष्टि गर्दै गइरहेका छन् । त्यसको बलियो उदाहरण बनेको छ, धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती गर्न बनेको समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल आफै संयोजक बनेको घटना ।
पौडेल आरजु राणाका व्यापारीक साझेदार समेत रहेका कारण योजना आयोगका उपाध्यक्षमा नियुक्त गर्न आएको दवावले अर्थमन्त्री जनादर्न शर्माले नकार्न नसेको चर्चा उनको नियक्तिकै बेलामा चलेको थियो । तर, अहिले काग्रेसको जय जयकार गर्ने र बालुवाटारको कारोबारी कोठामा कुस्त रकम बुझाउनेलाई नै धितोपत्र बोर्डको नेतृत्व सुम्पिन सहज हुनेगरि जसरी उपाध्यक्ष पौडेलले नियम कानुन र परम्परा मिचेर सो समितिको नेतृत्व लिए त्यसले एउटा विधिको अन्त्य गर्ने मात्र हाृेइन कि अर्थमन्त्रालयलाई छाँयामा पार्ने समेत काम गरेको छ ।
पौडेललाई यस्तो समितिको नेतृत्व गर्न कानुनले नै दिँदैन । धितोपत्र ऐन २०६३ को दफा ७ (३) मा स्पष्ट रुपमा यस्तो समिति सम्बन्धी व्यवस्था गरिएको छ । जसमा भनिएको छ, ‘अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धीत क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव र धितोपत्रसँग सम्बन्धीत विषेशज्ञ रहेको एक समिति रहने छ ।’
तर, प्रधानमन्त्री पत्नीको आर्शिवाद भएपछि कानुनको के मतलब । उपाध्यक्ष पौडेलले सम्बन्धीत क्षेत्र हेर्ने सदस्यलाई टाढा राख्दै सो समितिको संयोजकत्व आफैले लिएका छन् । प्रश्न के हो भने, सिफारिस गर्ने समिति गठन गर्नमा नै झेल भएपछि कस्तो मान्छे सिफारिस गर्ला र पछि नियुक्त हुने व्यक्तिले कस्तो काम गर्ला ?
धितोपत्र बोर्डको अध्यक्ष नियक्ति प्रक्रियाको शुरु विन्दुदेखि नै दलगत स्वार्थ र आर्थिक चलखेलको गन्ध आएपछि शेयर बजारका आम लगानीकर्ताले धितोपत्र बोर्डबाट कसरी पारदर्शी अनुगमनको अपेक्षा गर्ने ? पौडेल आफै त्यस्ता व्यक्ति हुन जसले भिष्मराज ढुंगानाले नियमनलाई केहि कडा पार्दै खराब कम्पनी यी हुन भनेर आम लगानीकर्तालाई सूचना दिँदा भनेका थिए, ‘बोर्ड आफै खेलाडी बन्ने होइन ।’
यहा उठान गर्न खोजिएको अर्को विषय यो हो कि के अब विश्व पौडेलले धितोपत्र बोर्डको नेतृत्व खेलाडीलाई नदिएर दर्शकलाई दिन खोजको हुन ? जो बजारमा जसले जस्ता सुकै गतिविधि गरेपनि ताली पड्काएर बसोस् । त्यो त उनले आफ्नो बचाउ गर्दै भन्लान, मैले ‘रेफ्रि’को भूमिका निभाउनु पर्छ भनेको हुँ ।’ तर, जसरी अहिले आफूले लिनै नहुने जिम्मेवारी बलमिच्याइ गरेर लिए त्यसले स्पष्ट पारेको छ, नयाँ ‘रिफ्री’ पक्कै पनि अनुशासित खेलाडीलाई दण्डीत गर्ने झेलीलाई पुरस्कार दिने खालको आउने वाला छ ।
प्रतिक्रिया दिनुहोस