
एजेन्सी । इटालीको राजधानी रोममा हुने जी–२० शिखर सम्मेलनमा चलिरहेको छ । शिखर सम्मेलनको प्रारम्भमा भएको सत्रमा विश्व व्यापीरुपमा फैलिएको महामारी कोभिड १९ विरुद्धको खोपमा थप लगानी गर्न प्रतिवद्धता देखाएका छन् । इटालीका प्रधानमन्त्री मारियो द्राघीले विश्वका गरिब देशहरूमा भ्याक्सिन पु¥याउन आफ्नो प्रयास दोब्बर बनाउनुपर्ने बताए । धनी देशमा ७० प्रतिशत जनतालाई खोप लगाइएको र गरिब मुलुकमा ३ प्रतिशतले मात्रै खोप लगाइएको उनले बताए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीका प्रधानमन्त्री मारियो द्राघीले ऊर्जाको क्षेत्रमा मिलेर काम गर्ने सहमति गरेका थिए । प्रधानमन्त्री मोदीले विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस गेब्रेयससलाई स्वागत गरे। प्रधानमन्त्री मोदीले विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस गेब्रेयससलाई स्वागत गरे।
बैठकमा जी–२० देशका नेताहरुले विश्वको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा झार्न पहल गर्ने निर्णय गरेका छन् । बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन, जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका धेरै नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस