aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

प्रहरीतर्फ डीआईजीको दरबन्दी थप गर्ने तयारी

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १४ कार्तिक २०७८
प्रहरीतर्फ डीआईजीको दरबन्दी थप गर्ने तयारी

काठमाडौं । सरकारले नेपाल प्रहरीतर्फ डीआईजीको दरबन्दी थप गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले पहिले डीआईजीले सम्हाल्दै आएका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी महाशाखालगायतका डीआईजीलाई नेतृत्व दिनेगरी दरबन्दी थप गर्ने तयारी गरेको हो । यस प्रस्तावलाई स्वीकृति दिन गृहमन्त्री बालकृष्ण खाँण तयार रहेका छन ।

डीआईजी बन्ने दौडमा एसएसपीहरु नरबहादुर खत्री, हरिराज वाग्ने, मोहनकुमार आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह, सुशील यादव, शेरखर कोइराला, नरबहादुर केसी, सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापालगायत रहेको पनि समाचारमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस