aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

अमेरिकी सरचार्ज कर लगाउदा दुई अर्बपतिले मात्रै १०० बिलियन कर तिर्न पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ कार्तिक २०७८
अमेरिकी सरचार्ज कर लगाउदा दुई अर्बपतिले मात्रै १०० बिलियन कर तिर्न पर्ने

एजेन्सी । टेस्लाका मालिक एलोन मस्क र अमेजनका प्रमुख जेफ बेजोसको कुल सम्पत्ति ५०० अर्ब डलर रहेको छ । टेस्लाको शेयरले यस हप्ता रेकर्ड–ब्रेकिंग गरेको थियो । अमेरिकी शेयर बजारका कारण यी दुईको सम्पत्तिको वृद्धि यति धेरै देखिएको हो । शेयरको वृद्धिले टेस्ला र अमेजनको मार्केट क्याप जोन्सन एन्ड जोन्सनको मार्केट क्यापभन्दा बढी पुगेको छ । जबकि दुबैको बजार पुँजी सबैभन्दा ठूलो अमेरिकी बैंक जेपी मोर्गन चेज एण्ड कम्पनीको बराबर रहेको छ । 

अर्कोतर्फ, अमेरिकी सिनेटका वित्त अध्यक्ष रोन वाइडेनले अवास्तविक लाभहरूमा अर्बपतिहरूलाई लगाउन महत्वपूर्ण कर प्रस्ताव जारी गरेका छन । तर, उक्त कर घण्टौंको वार्तापछि त्यसलाई हटाइएको थियो ।

वाडनले जोड दिए कि अरबपति कर योजना खारेज गरिएको छैन । तर यसको सट्टा सम्भावित ३ प्रतिशत अधिभारको बारेमा कुरा उठेको छ ।  जुन उच्चतम आयकर स्ल्याब हुनेछ । यो स्ल्याब १० मिलियनभन्दा बढी कमाउनेहरूका लागि हुनेछ । जबकि यस्तो प्रावधानसंग, अर्बपतिहरु अधिक करको दायरमा  आउनेछ । बिलियनियर्स इन्डेक्सका अनुसार अर्बपतिहरूको कर प्रस्ताव अन्तर्गत यदि प्रस्ताव पारित भयो भने मस्क र बेजोसले पाँच वर्षमा सामूहिक रूपमा १०० बिलियनको कर बिल तिर्नुहुनेछ ।

टेस्ला र रकेट कम्पनी स्पेस–एक्सका सह–संस्थापक मस्कले यस वर्ष आफ्नो सम्पत्तिमा १२२.३ बिलियन डलर थपेका छन् । ब्लूमबर्ग इन्डेक्सका अनुसार योसँगै उनको कुल सम्पत्ति २९२ अर्ब डलर पुगेको छ । अमेजनका संस्थापक बेजोसको हाल १९६.३ बिलियन डलरको कुल सम्पत्ति छ ।

सूचकांकका अनुसार बिल गेट्स र फेसबुकका मार्क जुकरबर्गलगायतकाको १० धनी अमेरिकीहरूको कुल सम्पत्ति १.४ ट्रिलियन डलर छ । मस्कले वाइडेनको योजनालाई खारेज गर्दै भनेका छन, ‘अर्बपतिहरूलाई कर लगाउनुले अमेरिकी राष्ट्रिय ऋण तिर्नमा सानो अंक मात्र जुट्ने छ ।

मस्कले सामाजिक सञ्जालमा खर्च नै वास्तविक समस्या भएको बताए । टेस्लाका प्रमुख कार्यकारीले अति धनीलाई शतप्रतिशत कर लगाए पनि सरकारले आफ्नो उद्देश्यमा पूर्णतया सफल हुन आम जनतातर्फ फर्कनुपर्ने बताए । मस्कको सम्पत्ति आंशिक रूपमा बढेको छ किनभने उनले धेरै वर्षदेखि टेस्ला स्टक बेचेका छैनन् ।  विद्युतीय सवारी साधन निर्मातामा आफ्नो शेयर धितोको रूपमा प्रयोग गर्दै ऋणको लागि बैंकहरूको सहारा लिएको छन ।

डिसेम्बर २०२० मा नियामक फाइलिङ अनुसार, मस्कसँग मोर्गन स्टेनली, गोल्डम्यान साक्स ग्रुप इंकको होल्डिंग छ ।  बैंक अफ अमेरिका कर्पोरेशनबाट ५१५ मिलियनको व्यक्तिगत ऋण छ । मस्कले स्पेसएक्समा आफ्ना केही शेयरहरू धितो राखेको पनि बताएका छन् । तर कति धितो राखिएको छ भन्नेबारे केही खुलाएका छैनन् ।
 

प्रतिक्रिया दिनुहोस