
काठमाडौं । नेपाल वार एसोसिएसन प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको राजीनामा माग गरेर आन्दोलनमा रहेका बेलामा बारका कोषाध्यक्ष रुद्र पोखरेल भने आफ्ना मुद्दा मिलाउनमा लागेका छन् ।
सर्वोच्च स्रोतका अनुसार बारका कोषध्यक्ष पोखरेलले आफ्ना मुद्दाहरु प्रधानन्यायाधिशकोमा सेटिङ मिलाएर आफ्नो पक्षमा फैसला पार्न लागि परेको छन् । स्रोतले भन्यो, ‘पुरै बार कालोपट्टी बाँधेर आन्दोलनमा रहेका बेलमा बारकै कोषाध्यक्ष भने आफ्ना मुद्दाको सेटिङ मिलाएर व्यक्तिगत फाइदा लिन लागि परेका छन् ।’
प्रतिक्रिया दिनुहोस