
काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि सम्पत्ति विवरण पेश गर्न राष्ट्रि«य सतर्कता केन्द्रले सार्वजनिक सूचना जारी गरेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण पेश गर्न बुुधबार एक सूचनामार्फत जानकारी गराएको हो ।
सूचना अनुसार सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरुले आर्थिक वर्ष २०७५/७६ को सम्पत्ति विवरण सार्वजनिक धारण गरेको वा आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र नेपाल सरकारले तोकेको ढाँचामा भरी बुझाउन आग्रह गरेको छ ।
सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरुको सम्पत्ति विवरण बुझाए वा नबुझाएको अभिलेखको जानकारी सम्पत्ति विवरण राखेको निकायले सम्पत्ति विवरण बुझाउन तोकेको अन्तिम म्याद सकेको दुई महिनाभित्र अनिवार्य रुपमा सतर्कता केन्द्रमा छिटो साधनद्घारा उपलब्ध गराउन भनेको छ ।
जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिका र प्रदेश सरकारको मन्त्रालयमा पेश भएका सम्पत्ति विवरणहरुको अभिलेख सम्बन्धि निकायले राखी सम्पत्ति विवरण बन्दी खामहरु तीस दिनभित्र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरिसक्नुपर्ने केन्द्रले जनाएको छ ।
सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीले बुझाउनुपर्ने विवरण समयमै बुझाउन लगाउने, बुझाएका सम्पत्ति विवरण तोकिएका निकायमा पठाउने र सम्पत्ति विवरण बुझाउने र नबुझाउने पदाधिकारी तथा कर्मचारीहरुको विवरण समयमा उपलब्ध गराउने जिम्मेवारी र कर्तव्य सम्बन्धित निकाय प्रमुखको हुने केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस