बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको दौडधुप चलेसँगै बिमा कम्पनीहरु पनि मर्जरको आन्तरिक तयारीमा जुटेमा छन् ।
बिमा समितिका अनुसार क्रस होल्डिङ भएका आधा दर्जन निर्जीवन बिमा कम्पनी यतिबेला मर्जरको छलफलमा जुटेका छन् । युनाइटेड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी, नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीहरु मर्जरको आन्तरिक तयारीमा रहेको कम्पनी स्रोतले बताएको छ ।
नेपालमा सञ्चालित केही बिमा कम्पनीहरुमा एउटै संस्था तथा व्यक्तिको लगानी रहेको छ । एउटै प्रकृतिका कम्पनीमा एउटै संस्था वा व्यक्तिको लगानी हुँदा सुशासन तथा आर्थिक अनियमितता हुने भन्दै समितिले लगानीको सीमा तोकेको छ । समितिका अनुसार युनाइटेड इन्स्योरेन्स, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्समा राष्ट्रिय वाणिज्य बैंकको क्रस होल्डिङ छ । त्यसैले यी कम्पनीहरूबीच मर्जरको सम्भावना छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा आइएमई ग्रुपका लगानी छ । नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्समा विशाल समुहको मुख्य लगानी रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस