
एजेन्सी। ठूला व्यवसायहरूको नाफामा लाग्ने कर्पोरेट कर अब बढ्ने भएको छ।रोममा जारी विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूको सम्मेलनले यस्तो निर्णय गरेको हो।
उक्त सम्मेलनले कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेको छ ।बहुराष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्ना नाफा घुमाउरो तरिकाले बढाउने गरेको भन्दै त्यस्तो प्रावधान अनुमोदन गरिएको हो।
अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रूपमा आइतवार स्वीकृत गरिने र सन् २०२३बाट लागू हुने समाचार संस्था रोयटर्सले जनाएको छ।
उक्त सम्झौता अनुमोदन भए संगै अमेरिकी अर्थ मन्त्री जानेट यालेनले अ ऐतिहासिक सम्झौता विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षण भएको भन्दै उक्त सम्झौताले कर्पोरेट करको तल्लो तहसम्मको हानिकारक दौड अन्त्य गर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस