aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

भारतले अर्को वर्ष ५ अर्बभन्दा बढी कोभिड–१९ विरुद्धको खोप  उत्पादन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
भारतले अर्को वर्ष ५ अर्बभन्दा बढी कोभिड–१९ विरुद्धको खोप  उत्पादन गर्ने

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को वर्ष विश्वका लागि ५ अर्बभन्दा बढी कोभिड–१९ खोप  उत्पादन गर्ने तयारी गरिरहेको बताएका छन् । उनले शनिबार भने, ूभारतको यो प्रतिबद्धताले कोरोनाको विश्वव्यापी प्रसारणलाई रोक्न सहयोग गर्ने छ। त्यसकारण डब्ल्यूएचओले भारतीय खोपलाई चाँडोभन्दा चाँडो मान्यता दिनु आवश्यक छ।

इटाली को‌‌ रोममा जी २० शिखर सम्मेलनको विषय वैश्विक अर्थतन्त्र र वैश्विक स्वास्थ्यु को पहिलो सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत सधैं आफ्नो विश्वव्यापी दायित्व प्रति गम्भीर रहेको बताएका हुन ।

प्रधानमन्त्री मोदीका अनुसार कोभिड–१९ महामारीले विश्वलाई भरपर्दो आपूर्ति श्रृंखलाको आवश्यकताबारे सचेत गराएको छ। भारत एक भरपर्दो उत्पादन केन्द्रको रूपमा उभिएको र यस देशले मजबुत आर्थिक सुधारहरूलाई नयाँ गति दिएको छ।

विश्वको औषधालयको भूमिका खेल्दै भारतले १ सय ५० भन्दा बढी देशहरूमा औषधि आपूर्ति गरेको प्रधानमन्त्री मोदीले बताए । एकै समयमा खोप अनुसन्धान र निर्माणलाई तीव्रता दिन सम्पूर्ण शक्ति लगाएको उनले दावी गरेका छन । भारतमा छोटो अवधिमा एक अर्बभन्दा बढी खोप उत्पादन र व्यवस्थापन गरेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस