aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

विश्वव्यापी खाद्य संकटको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
विश्वव्यापी खाद्य संकटको चेतावनी

मस्को । रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले विश्वव्यापी खाद्य संकटको चेतावनी दिँदै विश्व अर्थतन्त्रमा मन्दीलाई जित्नको लागि कसैले पनि सही भविष्यवाणी गर्न नसक्ने बताएका छन् । ‘यो स्पष्ट छ कि विश्व खाद्य संकट आउँदैछ। खाद्यान्नको मूल्य जताततै बढिरहेको छ, खाद्य मुद्रास्फीति तीव्र गतिमा छ’, मेदवेदेवले रोसीस्काया द्वारा प्रकाशित लेखमा उल्लेख गरेका छन् । 

उनले विश्व अर्थतन्त्र सन् २००८–२००९ को आर्थिक संकटको तुलनामा निकै गम्भीर मन्दीबाट गुज्रिरहेको कुरामा जोड दिएका छन् । विदेशी व्यापारको पुन शुरु हुने दरमा धेरै कुरा निर्भर हुनेछ, विशेष गरी सेवाहरूको निर्यात आयातको सन्दर्भमा त्यसैले अब कसैले पनि सही पूर्वानुमान नसक्ने मेदवेदेवको टिप्पणी छ ।

रुसी सुरक्षा परिषद्का उपाध्यक्षले खोप र नयाँ भाइरसको उदय जस्ता गैर आर्थिक कारकहरूले हाल विश्वको आर्थिक अवस्थालाई असर गरिरहेको  पनि उल्लेख गरेका छन् । एएनआई 

प्रतिक्रिया दिनुहोस