aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

ब्राण्डेड फास्टफुडमा नै देखियो खानामा यस्तो हानीकारण तत्वको मिसावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
ब्राण्डेड फास्टफुडमा नै देखियो खानामा यस्तो हानीकारण तत्वको मिसावट

काठमाडौं । फास्टफुडको खानेकुरा खानेका लागि चकित पर्ने तथ्या बाहिर आएको छ । स्वास्थ्य विशेषज्ञहरु प्रायः फास्टफुड नखान सल्लाह दिँदै आएका थिए । तर, अब यो प्रमाणित भएको छ ।  एउटा अध्ययनले केही चकित पार्ने तथ्या बाहिर ल्याएको छ । पिज्जा, बर्गर वा अन्य कुनै पनि फास्ट फूड किन हानिकारक हुन सक्छ भनेर तथ्यामा उल्लेख गरिएको छ । जर्नल अफ एक्सपोजर साइन्स एन्ड इन्भायरमेन्टल एपिडेमियोलोजीमा साप्ताहिक रूपमा प्रकाशित अध्ययनका अनुसार पिज्जा, बर्गर जस्ता केही फास्ट फूडमा डिटर्जेन्ट प्रयोग गर्ने गरेको तथ्या फेला पारेको छ ।

साप्ताहिक जर्नल अफ एक्सपोजर साइन्स एन्ड इन्भाइरोन्मेन्टल एपिडेमियोलोजीमा प्रकाशित उक्त अध्ययनले धेरै चर्चित चेन रेस्टुरेन्टहरूले बनाएको खानामा प्लास्टिकलाई नरम राख्ने ‘फथालेट्स’ नामक पदार्थ फेला पारेको छ । ‘फथालेट्स’ मुख्यतया प्लाष्टिको लचिलोपन बढाउने प्लास्टिसाइजरको रूपमा प्रयोग गरिन्छ । र ‘फथालेट्स’ विनाइल फ्लोरिंग, नु्हाउने  साबुन, कपाल स्प्रे गर्ने स्प्रे, लुगा धुने डिटर्जेंट आदिको उत्पादना प्रयोग गरिन्छ ।

जर्ज वाशिङ्टन युनिभर्सिटी, साउथवेस्ट रिसर्च इन्स्टिच्युट (सान एन्टोनियो, टेक्सास), बोस्टन युनिभर्सिटी र अमेरिकाको हार्वर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताले बर्गर, फ्राइज, चिकेन नगेट्स, चिकेन बुरिटो र चिज पिज्जाका ६४ वटा नमूना केही प्रख्यात आउटलेटहरूबाट प्राप्त गरेर अध्ययन गरेका थिए ।

प्रतिवेदनका अनुसार ८० प्रतिशतभन्दा बढी खानामा डीएनबीपी नामक ‘फथालेट्स’ पाइएको छ । ७० प्रतिशतमा ‘फथालेट्स’ डीइएचटी पाइएको थियो । डीइएचटी एक प्लास्टिसाइजर हो जसलाई खानामा थप विषाक्त रसायनहरूलाई परिवर्तन गर्न प्रयोग गरिएको थियो । यो पदार्थ बोतल क्याप, कन्वेयर बेल्ट, फर्श सामग्री र कपडामा प्रयोग गरिन्छ । 

अध्ययनमा यी रसायनले बालबालिकामा निकै गहिरो प्रभाव पारेको पाइएको छ । यी बालबालिकाको सिकाइ, ध्यान र व्यवहार सम्बन्धी समस्याहरूमा वृद्धिको लागि कारण हुन सक्छन् । यसका साथै यसले गर्भवती महिलालाई पनि असर गर्न सक्छ । 
 

प्रतिक्रिया दिनुहोस