aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपालको बीमा क्षेत्रलाई कोरोना बीमाले सिकाएको पाठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
नेपालको बीमा क्षेत्रलाई कोरोना बीमाले सिकाएको पाठ
  • सुदर्शन बस्नेत

बीमा सामान्यता भविष्यमा आइपर्ने जोखिम विरुद्ध गरिने आर्थिक र सामाजिक सुरक्षा हो । मानिसको दैनिक जीवनमा विभिन्न प्रकारका जोखिमहरू रहेका हुन्छन् जस्तै: व्यक्तिको जीवन ,सम्पत्ति ,रोजगारी ,स्वास्थ्य, व्यवसाय दायित्व आदिको सुरक्षाको लागी गरिने विभिन्न संयन्त्र मध्ये बीमा एक महत्त्वपूर्ण संयन्त्रको रूपमा रहेको हुन्छ ।

विश्वमा सन् २०१८ को डिसेम्बरमा सुरुवात भएको कोरोना महामारीले आज सम्पूर्ण विश्व भ्रमण गरिसकेको अवस्था छ भने अझै कोरोना सङ्क्रमणको रहिरहेको छ । यस महामारीको समस्याबाट नेपाल पनि अछुतो रहन सकेन। नेपालमा भने सन् २०२० जनवरी १ मा कोरोना भाइरसको पहिलो सङ्क्रमण फेला परेको थियो । यसै महामारीलाई मध्यनजर गर्दै नेपालमा  वि.स. २०७७ वैशाखमा कोरोना बीमा लेख जारी गरिएको थियो । सुरुवाती दिनमा यस बीमा लेखमा बीमीतको खासै आकर्षण नदेखिएता पनि कोरोना सङ्क्रमण र सङक्रमितहरुको सङ्ख्याको ग्राफ बढ्दै जाँदा कोरोना बीमा गराउने बीमितको आकर्षण पनि बढ्दै गएको थियो । 

परिस्थितिलाई मध्यनजर गर्दै कोरोना बीमा कार्यविधि अनुसार कोरोना बीमालेख अन्तर्गत एक लाख र पचास हजार गरी दुई प्रकारको बीमालेख जारी गरिएको थियो । जसमा प्रतिव्यक्ति  हजार,  पाँच सय बीमा शुल्क तोकिएको थियो भने परिवारका सम्पूर्ण सदस्यहरू र संस्थागत बीमा गर्दा एक लाख रुपैयाँसम्म प्रति व्यक्ति छ सय र पचास हजारको प्रति व्यक्ति तिन सय बीमा शुल्क तोकिएको थियो भने भुक्तानीका लागी बीमालेख खरिद गरेको १५ र ३० दिन पछि कोरोना परीक्षण गर्दा पिसिआर रिपोट पोजेटिभ देखिएमा मात्रै भुक्तानी पाउने व्यवस्था गरिएको थियो । 

यस बीमा लेखको समय अवधि चैत्र मसान्त र आषाढ मसान्तसम्म हुने गरी तोकिएको थियो । सुरुवाती दिनमा नियामक निकायबाट यस बीमालेखको प्रचार प्रसार विभिन्न सञ्चार माध्यमबाट राम्रैसँग गरिएको थियो र सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरूलाई बीमा लेख जारी गर्न निर्देशन समेत गरिएको थियो । जसमा बीमा कम्पनीहरू पनि कोरोनाका महामारीबाट आफ्नो  व्यवसायमा पर्न गएको असरलाई कम गर्न र आफ्नो व्यावसायिक लक्ष्य पुरा गर्न सम्पूर्ण बीमा कम्पनीहरू प्रतिस्पर्धा गर्दै  कोभिडको महामारीमा पनि फरक फरक शैलीमा आफ्ना बीमीतहरुलाई बीमीतकै आवश्यकता अनुसार बीमालेख उत्साहका साथ बिक्री गरिएको थियो । 

तर, नेपालमा भने कोरोनाका सङ्क्रमणले आफ्नो आकार फैलाउँदै गइरहेको अवस्थामा नियामक निकाय र बीमा कम्पनी पनि बाध्य भएर कोरोना बीमा मापदण्ड नै छ पटक भन्दा बढी संशोधन गर्नु पर्ने अवस्था सृजना भयो । त्यस कारण बीमा पोलिसी जारीदेखि आज दाबी भुक्तानीसम्म आउँदा समस्या नै समस्याले जेलिँदै आएको छ । विश्वमा काहीँ पनि महामारीको बीमा नहुने अभ्यास छ भने नत यस बीमालेखको पुर्नबीमा नै हुन्छ । 

कोरोना बीमा गराउनेको सङ्ख्या १७ लाख ५८ हजार रहँदा दाबीको लागी १७ लाख अन्ठाउन हजार दाबी परेकोमा जम्मा ३५ हजारले दाबी भुक्तानी पाइसकेका आकाँडा छ । यस तथ्याङ्कलाई हेर्दा अझै ११ अर्ब भन्दा बढी भुक्तानीको रकम दिन बाँकी रहेको छ यिनै कुराहरूलाई आधार मानेर हेर्दा कोरोना बीमाको समय अवधि समाप्त र नवीकरण नहुने भएता पनि यस बीमालेखले बीमा क्षेत्र र अन्य सरोकारवाला पक्षलाई राम्रो शिक्षा भने दिएको छ ।

बीमा समिति 

बीमा क्षेत्रको नियामक निकाय भनेको बीमा समिति हो । नियामक निकायले विश्वमा महामारीको बीमा नहुने विश्वव्यापी प्रचलन रहेता पनि नेपालमा भने  कोरोना महामारीको बीमा गर्ने नीति बीमा समितिले नेपालमा बीमा लेख जारी गरी नयाँ अभ्यास गरेको थियो । कोरोनाका सङ्क्रमण हुँदै जाँदा यसको उपयोगिता र आकर्षण बढ्दै गइरहेको थियो । आजसम्म बीमीतले भुक्तानी नपाउँदा सुरुवाती दिनमा बीमा गर्दा बीमीतले जुन सकारात्मक छाप बनाउँदै गएका थिए आज बिमालाई हेर्ने दृष्टिकोण र विश्वास गुम्ने डर भएको छ । 

यद्यपि नियामक निकायले यस बीमालेख जारी गर्नु पूर्व महामारीको निश्चित आकार हुँदैन भविष्यमा जस्तोसुकै आकार लिन सक्दछ भन्ने जोखिमको अध्ययन अनुसन्धान  र  विश्लेषण राम्रो नगरिँदा नियामक निकाय र बीमा समितिमा कार्यरत बीमा विज्ञहरू र सुझाव दिने सरोकारवाला पक्षको विशेषज्ञतामा नै प्रश्न उब्जिएको छ । जुन बीमालेखको प्रडक्ट तयारी अवस्थालाई हेर्दा यसमा तोकिएको प्रिमियम शुल्क, आवश्यक सर्त र भुक्तानी गर्ने रकममा थप आवश्यक विश्लेषण गरी बीमा लेख जारी गरिएको भए आज कोरोना बीमाको भुक्तानीमा समस्या आउने थिएन कि ?

नियामक निकायले यस बीमा लेख जारी गर्नु पूर्व यस महामारीको समयमा हामी सँग रहेका आवश्यक पूर्वाधार जनशक्ति , संरचना ,समय र लागतको विश्लेषण गरेर मात्र बीमा पोलिसी जारी गरिएको भए आजसम्म यस बीमालेखमा यति धेरै समस्या आउने थिएन । भोलिका दिनमा यस बीमालेखबाट नियामकले यसमा भएका कमीकमजोरीबाट राम्रो पाठ ग्रहण गर्नु पर्ने महसुस भएको हुनु पर्दछ ।

बीमा कम्पनी 

नियामक निकायले बीमालेख जारी गरेपछि बीमा कम्पनीहरुले पनि नयाँ अभ्यास र आफ्नो सामाजिक उत्तरदायित्व मान्दै बीमालेख बिक्री गर्न उद्धत थिए । यसरी कोरोना बीमा लेख जारी गर्दा नियामक निकायलाई यस बीमा प्रडक्टको ढाँचामा भएका कमी कमजोरी ,सर्त, शुल्क ,समय आदिको सम्बन्धमा जोखिम विश्लेषण र परिमार्जन गर्न सकिएको भए र नियामकलाई आवश्यक  सकारात्मक सुझाव सल्लाह दिएको भए आज बीमा कम्पनीहरूलाई आफ्नो व्यापार र प्रिमियम सङ्कलन लाई मात्र हेरिएको हो की भन्ने नकारात्मक बुझाई जनमानसमा पर्ने थिएन । 

यस बीमालेखको बारम्बार संशोधन गरिएता पनि नेपाल सरकारले आफ्नो बजेटमा कोरोना बिमालाई समावेश गरी सम्पूर्ण कर्मचारीहरूको निःशुल्क रु. १ लाख सम्मको कोरोना बीमा गरिदिने र अझ प्रिमियम रकममा अनुदान दिने भन्दै संरक्षकको हिसाबमा सम्झौता गरी नेपाल सरकार, बीमा समिति र निर्जीवन बीमा कम्पनीहरू लाई साढे ३ अर्ब सम्मको दाबी  रकम व्यर्होने र बाँकी नेपाल सरकार मार्फत भुक्तानी गर्ने गरी सचिव स्तरीय निर्णयका गरी यस बीमा लेखले निरन्तरता पाएको थियो । यसरी अघि बढेको कोरोना बीमा सवै निर्जीवन बीमा कम्पनीहरुले यस महामारीको बीचमा पनि आफ्ना बीमा व्यवसायलाई निरन्तरता दिँदै गर्दा कतिपय कर्मचारीहरू नै कोभिडबाट संक्रिमित हुनुपर्ने अवस्था आएको थियो । 

किराना बीमाको कारण बीमा कम्पनीका आफ्ना नियमित र महत्त्वपूर्ण ग्राहकहरूलाई गुमाउनु पर्ने अवस्था रह्यो भने अधिकास समय  किराना बीमाकै काममा अधिकांश समय खर्चनु पर्ने अवस्था सृजना भयो भने यता समयमा किराना दाबीको रकम भुक्तानी नहुँदा व्यवसाय नै गुमाउनु पर्ने अवस्था रह्यो भने  यता बीमीतहरुको बीमा प्रतिको विश्वसनीयता समेत उदारिदै जाने अवस्था आउने हो कि भन्ने शङ्का उब्जिएको छ  । जसले गर्दा बीमा व्यवसायको व्यावसायिक वृद्धिदरमा ह्रास आई  समग्र अर्थतन्त्रमा समेत प्रभाव पर्न गएको छ ।

यसर्थ बीमा कम्पनीहरुले पनि नयाँ बीमा लेख बिक्री गर्नु पूर्व त्यसको राम्रो सँग जोखिम विश्लेषण सहित हामी सँग जोखिम बहन गर्न सक्ने क्षमता छ वा छैन, भविष्यमा त्यसको प्रभाव कस्तो रहन्छ र हामी सँग त्यो अनुरूपको आवश्यक पूर्वाधार ,जनशक्ति र संरचना छ वा छैन यी यावत कुराहरूको विश्लेषण गरी नियामक निकायलाई सुझाव सल्लाह सही समयमा गरिएको भए आज यस बीमा लेखको बारम्बार संशोधन, अन्डरराइटिंगमा भएको कमजोरी र भुक्तानीमा भएको ढिलाइ वास्तवमा यी समस्या पक्कै आउने थिएनन् होला ।

त्यस कारण बीमा पोलिसी बिक्री गर्नु मात्र ठुलो कुरा होइन बीमीतलाई दिने सेवा सन्तुष्टिसँग अन्तर निर्भर रहने हुनाले आगामी दिनमा सम्पूर्ण बीमा कम्पनीले यस कुरालाई मध्यनजर गरी आफ्ना व्यावसायिक गतिविधिलाई निरन्तरता दिन सके चहि गुणस्तरीय बीमा बजारको विस्तार हुने थियो ।

बीमीत

बीमीत चाहे व्यक्तिगत, पारिवारि,संस्थागत जे होस जसले किराना बीमा गराउनु भयो साथै दाबी पनि प्राप्त गर्नु भयो । आज सोही बीमीतले बीमाको महत्त्व र योगदानको सम्बन्धमा उसको मनमस्तिष्क सकारात्मक छाप परेकै हुनु पर्दछ धेरै बीमीतहरुले आफुले बीमा गरेको कम्पनीमा पुन नवीकरण गर्न सकिन्छ भन्ने प्रश्न दोहोर्‍याएका छन् । आज परिवारका सम्पूर्ण सदस्य संक्रिमित हुँदा वास्तवमा एकै परिवारले औसतमा चार देखि पाच लाखसम्म दाबी रकम प्राप्त गर्दा कोभिडका बिरामीलाई सुरुवाती दिनमा राज्य तवरबाट पनि सोही अनुरूपको  व्यवस्थापन सँगै सम्पूर्ण खर्च नेपाल सरकारले एकोहोरिएको थियो । सो बेलाका भाग्यमानी बीमीतहरुले कोभिडको महामारीमा आफ्नो आर्थिक अवस्थामा भएको प्रभावमा पनि किराना बीमाको भुक्तानीले आर्थिक सुरक्षामा भरथेग भएको मान्न सकिन्छ । 

कोभिड संक्रिमितलाई शारीरिक रूपमा भएको पिडा र कसैलाई आर्थिक रूपमा फरक फरक रूपमा भएको क्षति , सामाजिक र भावनात्मक रूपमा गुमेको सम्बन्ध र विश्वासका लागी जसले भुक्तानी पाउनु भयो तिनै बीमीतका लागी कमसेकम फलफूल खानका लागी ,औषधी उपचार गर्नका लागी ,रोजगारी गुमेको पिडा, व्यवसायमा भएको ह्रास , सामाजिक र भावनात्मक रूपमा टुटेको सम्बन्ध,विश्वासलाई केही हद सम्म भए पनि सामाजिक र आर्थिक रूपमा मलमपट्टी लगाउने काममा बीमीतहरुलाई राहत पुगेको मान्न सकिन्छ । केही बीमीतहरुले आफ्नो जीवन बीमा ,घरको बीमा, व्यक्तिगत तथा सामूहिक दुर्घटना बीमा समेत दाबी प्राप्त गरे पछि बीमा गराउने सोचको विकास आएको पाइन्छ जुन बीमा बजारको विकास र विस्तारको लागी सकारात्मक मान्न सकिन्छ । 

नेपाल सरकारले पनि आफ्नो बजेटमा किराना बिमालाई समावेश गरेकोमा संक्रिमित कर्मचारी जसले दाबी रकम प्राप्त गरे उनीहरूले समेत भाग्यमानी बीमीतको सुचीमा रहनु भयो भोलिका दिनमा दाबी प्राप्त गर्ने कर्मचारीहरूमा बीमा प्रतिको विश्वास जाग्ने छ भने आफ्नो कार्यालयमा समेत नीतिगत रूपमा बीमाका सम्बन्धमा बीमा कार्यक्रम ,नीति योजना भविष्यमा समेटिने छ  र आफू पनि बीमा गर्न उद्धत रहनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । बीमा गराएर जसले भुक्तानी पाउनु भएको छैन तिनै बीमीतहरुमा बीमा प्रतिको धारणा सोचाइमा नकारात्मक कुराहरू सुषुप्त रूपमा जागिरहेको छ । यसकारण पनि बीमामा आम नागरिकको पहुँचमा वृद्धि गर्न सम्र्पुण सरोकारवाला पक्षको सहकार्य र समन्वयकारी भूमिकाको आवश्यकता रहेको छ । त्यसैले बीमीतको नकारात्मक धारण सोचलाई चिर्नको लागी कोरोना बीमाको भुक्तानी नै अन्तिम अस्त्र हुन सक्दछ ।

नेपाल सरकार 

आम नेपाली नागरिकको अभिभावकको भूमिका नेपाल सरकारमा रहेको हुन्छ । किराना बीमाको सन्दर्भमा किराना बीमा मापदण्ड तयार गर्दा जुन धारणाबाट विकसित भएको थियो यसको कार्यान्वयन पनि त्यसै अनुरूप हुनु पर्दछ । बीमा कम्पनीले कोरोनाका महामारी बढ्दै जाँदा संशोधन र बन्द गर्ने सुझाव सल्लाह दिँदा पनि नेपाल सरकारले झनै आफ्नो बजेट र अनुदानमा थप गर्दै बीमा कम्पनीहरूलाई किराना बीमा गराउन हौसला सँगै आफ्नो प्रतिबद्धता मार्फत निरन्तरता दिन आग्रह गरिएको थियो । 

नेपाल सरकारले गरिएको यस प्रतिबद्धता प्रति आलोचना गरिएको होइन कि आज कसले यस बीमा सुविधाबाट लाभ प्राप्त गरे भन्दा आज तिनै नेपाली नागरिक हुन । जुन बीमा मार्फत सङ्कलित प्रिमियम नेपालकै बीमा कम्पनीहरुले प्राप्त गरे र दाबी भुक्तानी पनि नेपाली नागरिकले नै प्राप्त गरेको हुँदा वास्तवमा त्यो रकम नेपालमा कै विभिन्न क्षेत्रमा खर्च परिचालन भएको हुनाले अन्ततः नेपालकै अर्थतन्त्रमा टेवा पुगेको हुनाले ।

नेपाल सरकारले यस कुरालाई मध्यनजर गर्दै किराना बीमाकोे भुक्तानी समस्यामा परेको गाँठो फुकाउनका लागी सम्झौता अनुरूप कार्यान्वयन गरियोस् र बीमीतको बीमा क्षेत्रमा हेर्ने दृष्ट्रिकोणमा सकारात्मक सोच परिवर्तन ल्याउन सम्पूर्ण बीमितहरुको बाकी भुक्तानी गर्ने बाटो खुल्ला गरियोस् । सरकारबाट गरिएका यस्तै प्रकारका प्रतिबद्धता सँगै यसको कार्यान्वयन पक्षलाई सम्झौता गर्नु पूर्व एक पटक कार्यान्वयनको चरणमा आउने समस्यालाई पुनर्विचार गर्ने परिपाटी गरियो भने चहि सम्झौताको प्रभावकारिता सँगै आम नागरिकको विश्वसनीयता प्राप्ति हुने थियो ।

निष्कर्ष 

कोरोना बीमाको भुक्तानी सम्बन्धमा आजको विभिन्न सञ्चार माध्यमबाट सुन्न र पढ्न पाइने समाचारको विषय सुची बन्न पुगेको छ । जुन विषयमा विभिन्न तहका अदालत, देखि अर्थ मन्त्रालयको अर्थ समितिमा समेत कोरोना बीमाको दाबी भुक्क्तानीेको विषय महत्त्वपूर्ण बहस बन्न पुगेको छ । नेपाल सरकारले आफ्नो नीतिमा ३३ प्रतिशत नागरिकमा बीमाको पहुँच पुर्याउने लक्ष्य समेत राखेको हुँदा बाँकी रहेका दाबी भुक्तानी गरेर बीमा क्षेत्रको तत्कालको यस समस्याले पूर्ण किनाराको बाटो पाउने छ भन्ने अपेक्षा गरिएको छ । 

 नियामक निकाय र बीमा कम्पनीहरुले पनि आगामी दिनमा बीमाका अन्तर्राष्ट्रिय अभ्यास सिद्धान्त,प्रचलन र नेपालमा कोरोना बीमाको अभ्यासले सृजना गरेका कमी कमजोरी बाट आगामी दिनमा राम्रो पाठ सिकाएको र सिक्नुपर्ने छ । कोरोना बीमा मापदण्ड तयार हुँदा त्रिपक्षिय सम्झौतामा नेपाल सरकारको तर्फबाट सचिव स्तरको सहभागिताबाट निर्णय गरिदा उदार, भावनात्मक र संवेदनशील संरक्षकको रूपमा सम्झौता गरिएको हुनाले बीमीतहरुले बीमा गर्दा बुनेका उदाएका कल्पित गरिएका बीमीतका योजनासँग जोडिएका अपेक्षा ,कोभिडको कारण गुमेका पारिवारिक, सामाजिक संस्थागत सम्बन्धहरू,विक्षिप्त भएका भावनात्मक सम्बन्ध छ ।

 बेरोजगारी हुँदा टाढिएका सामाजिक सम्बन्ध, थलिएको आर्थिक अवस्था, कोभिडले गुमाएको बीमा कम्पनीको व्यवसाय, बीमा कम्पनीमा बढ्दै गरेको सुरक्षा चुनौती नियामकको विज्ञतामा उठाइएको प्रश्न, बीमा क्षेत्रमा बीमीतले बनाएको नकारात्मक सोच सँगै भर्खर उदाउँदै र उठ्दै गरेको बीमा बजारलाई उकास्नका लागि वर्तमान समयमा सबै सरोकारवाला पक्ष सँग सहकार्य, समन्वयकारी र नेतृत्वदायी भूमिका निवार्ह गर्दै किराना बीमाको भक्क्तानीमा अल्झिएको समस्याको हल गर्न सबैले हात र साथ मिलाई गर्नु पर्ने आवश्यकता रहेको छ । 

(बस्नेत राष्ट्रिय बीमा कम्पनी लि.विराटनगर शाखाको प्रमुखका रूपमा कार्यरत छन्)

प्रतिक्रिया दिनुहोस