aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पेन गनसहित रानाभाट पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
पेन गनसहित  रानाभाट पक्राउ

पोखरा । कास्की प्रहरीले पेन गन र त्यसको गोलि समाउन सफल भएको छ । कास्की जिल्ला कास्कीकोट स्थाई घर भई पोखरा महानगरपालिका वडा नं ७ बस्ने बर्ष बर्ष चौबिसको सागर रानाभाटले लागु औषध प्रयोग, ओसारपसार तथा हतियार समेत प्रयोग गर्ने गरेको सुचनाको आधारमा उनलाई ठुलो परिमाणको लागु औषध सहित पेन गन र त्यसमा लाग्ने गोलि ७ थान प्रहरीले उनकै डेराबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गत बर्षको आपराधिक स्थीति र उपलब्धीहरुको बारेमा पत्रकार सम्मेलन गरेर स्पष्ट पारेको छ भने यो चालु बर्षको सुरक्षा रणनीती तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । कास्की जिल्लामा गत बर्षमा सबै भन्दा धेरै लागु औषधका घटनाले स्थान पाएका छन । १ बर्षमा कास्कीमा लागु औषधका १७० वटा मुद्धा दर्ता भएका थिए भने दुइ सय ५९ जनालाई कारवाही गरिएको थियो ।

दोस्रो ठुलो चुनौतिका रुपमा कास्कीमा आत्माहत्याका घटना भैरहेका छन । गत आब मा प्रहरीको रेर्कड अनुसार एक सय अठ्ठाइस आत्माहत्याका घटना घटेका छन । त्यस्तै तेस्रो चुनौतिको रुपमा कास्कीमा चोरीको घटनालाई लिन सकिन्छ । १ बर्षमा कास्कीमा ४४ वटा चारीका घटना भएको तथ्याङक रहेको छ । ४४ घटनाका ७१ जना लाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख दान बहादुर थापाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुख भएर दान बहादुर कार्की आए सँगै लागु औषध न्युनिकरणलाई बिशेष चासोका साथ हेरेका छन ।

प्रतिक्रिया दिनुहोस