aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सामाजिक सुरक्षा योजनामा आवद्ध हुनु भयाे ? म्याद असोज मसान्तसम्म मात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
सामाजिक सुरक्षा योजनामा आवद्ध हुनु भयाे ?  म्याद असोज मसान्तसम्म मात्रै

काठमाडौं । सरकारले निकै तामझामका साथ  ल्याएकाे सामाजिक सुरक्षा याेजनामा आवद्ध हुने म्याद असोज मसान्तसम्म थप गरेकाे छ ।  योजनामा सहभागी हुने आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ । रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुनेछ ।

रकम जम्मा गरे पश्चात कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनाहरुअनुसार सुविधा पाइनेछ । कोषले अहिले औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र बृद्धावस्था सुरक्षा योजना ल्याएको छ ।

आवद्ध हुने म्याद असोज मसान्त

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा निजी क्षेत्रका श्रमिकहरु आवद्ध हुनुपर्नेछ । हालसम्म ३७ सय प्रतिष्ठानका करिव २० हजार श्रमिक यसमा आवद्ध भएका छन् ।

कोषले सबै रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचीकृत हुने म्याद असोज मसान्तसम्म दिएको छ ।

सञ्चय कोष र नागरिक लगानी कोषमा अवद्धलाई ऐच्छिक

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा संशोधन गरी अरु सामाजिक सुरक्षा योजनामा समाहितलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐच्छिक मात्र हुने व्यवस्था मिलाएको छ ।

अब सञ्चय कोष र नागरिक लगानी कोषमा अवद्ध भएसकेकाहरु कोषमा जाने नजाने उनीहरको निर्णयमा भरपर्छ । तर यसअघि के हुने भन्ने अन्यौल थियो ।

सञ्चय कोषमा निजी क्षेत्रका करिव डेड लाख सञ्चयकर्ताको करिव ३५ अर्ब रुपैया“ छ भने नागरिक लगानी कोषमा आबद्ध करीव ४८ सय संस्था र साढे ६ लाख सेवाग्राही छन् ।

प्रतिक्रिया दिनुहोस