aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

गगनलाई महेशको चुनौति काग्रेसलाई भक्तपुरको भूगोलमा होइन गुगलमा खोज्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ कार्तिक २०७८
गगनलाई महेशको चुनौति काग्रेसलाई भक्तपुरको भूगोलमा होइन गुगलमा खोज्नुहोस्

भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई चुनौति दिँदै आगामी निर्वाचनपछि भक्तपुरमा भुगोलमा नभेटिने दावी गरेका छन ।

थापाले नेता बस्नेतको गृहस्थान गुण्डुमा कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा एमालेलाई बढार्ने चेतानी दिएका थिए । सोही प्रशंगलाई लक्षीत गर्दै नेता बस्नेतले भक्तपुरमा एमाले संगठन तथा एमालेको नेतृत्वमा गरेको विकासले जनताले एमालेको विकल्पमा कांग्रेसको कल्पना समेत गर्न नसकेको उल्लेख गरे । परमादेश तथा सेटिङको माध्यमबाट अनैतिक तथा अबैध गठबन्धन गरी सरकार सञ्चालन गरिरहेका पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता कांग्रेस जनताको नजरमा सक्किने दिशामा अगाडी नबढी सच्चिने दिशमा अगाडी बढ्न आग्रह समेत गरे ।
 
अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ कमिटीले आयोजना गरेको शुभदिपावली, नेपाल सम्वत ११४२, छठलगायतका नेपालीहरुको चाडपर्वहरुको द्यौसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेको नेतृत्वमा भक्तपुरमा विकासले ऐतिहासिक फड्को मारेको उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा भक्तपुर विकासमा बक्तिमुनीको अध्यारो बनेको बताए । 

उनले भने, ‘नेपाली कांग्रेसलाई भक्तपुरमा भुगोलमा नभई गुगलमा सिमित गर्दै गुगलमा खोज्ने बनाउँछौं । गगन जी कांग्रेसलाई सच्याउनुस्, सक्किने बाटोमा नलैजानुस् । एमालेलाई बढार्ने हैन, भक्तपुबाट तपाईको पार्टी कांग्रेसलाई इतिहासमा सिमित हुँदैछ ।’

कांग्रेसले अवैध सांसदहरुको बैशाखी टेकेर तथा बदनाम भइसकेका माधव नेपाल र पुष्पकमल दाहालकौ बैशाखी टेकेर सरकार सञ्चालन गरी आफु पनि पूर्ण रुपमा बदनाम भइसकेको उल्लेख गर्दै नेता बस्नेतले वर्तमान नेपालको राजनीतिमा एमाले भर्सेस अरु दल जस्तो बनेको बताए । 

कांग्रेसको नेतृत्वमा आउने बजेट आफ्ना कार्यकर्ताको घर तथा कार्यकर्ताको परिवारमा श्राद्ध, जुत्ता, साडीलगायतका खरिदमा सकेको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसको नेतृत्वमा भक्तपुरमा आएको बजेटको हिसाव किताव जनतालाई प्रष्ट बुझेकाले भक्तपुरमा कांग्रेसले ठूलो कुरा नगर्न समेत चेतावनी दिए । 

विकास र समृद्धिको हिसावमा एमाले माहुरी र कांग्रेस गुहिए किरासँग तुलना गरे । एमाले माहुरी जस्तै फुलबारीमा बस्नेत तर कांग्रेस नेपाली राजनीति तथा विकास र समृद्धिको यात्रामा कहाँ भ्रष्टाचार, अनियमितता, दलाल, तस्कर, भूमाफिया तथा विकृति र विसंगति छ त्यहाँ नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेको उहाँले सविस्तार प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस