aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एमसीसी संसदबाट पास हुन्छः प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ कार्तिक २०७८
एमसीसी संसदबाट पास हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने उनले बताए । बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले यस्तो दावी गरेका हुन । प्रधानमन्त्री देउवाले सहमति गरेर एमसीसी पास हुनेमा शंखा नगर्न भनेका छन् ।

साथै उनले सत्तारुढ गठबन्धन पुरै समय रहने दावी गरेका छन् । प्रधानमन्त्रीको स्वागतमा काँग्रेस उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मिनेन्द्र रिजाल त्रिभुवन विमानस्थल पुगेका थिए ।  देउवा यही कात्तिक १५ र १६ गते बेलायतको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन भाग लिएर आज स्वदेश फर्किएका हुन । 

प्रतिक्रिया दिनुहोस