aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

चीनको आणविक शक्ति बारे पेन्टागनको नयाँ खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ कार्तिक २०७८
चीनको आणविक शक्ति बारे पेन्टागनको नयाँ खुलासा

एजेन्सी । चीनले आफ्नो आणविक शक्तिलाई तीव्र गतिमा बढाइरहेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रतिवेदनले नयाँ खुलासा भएको हो । चीनले एक वर्ष अघि अमेरिकी अधिकारीहरूले अनुमान गरेको भन्दा धेरै छिटो आफ्नो आणविक भण्डार बढाउँदै गएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा ६ वर्षभित्र चिनियाँ आणविक हतियारको संख्या ७ सय पुग्न सक्ने र सन् २०३० सम्ममा १००० भन्दा बढी पुग्ने उल्लेख छ । यसले आज चीनसँग कतिवटा आणविक हतियारहरू छन् भनेर तोकेको छैन । तर एक वर्ष अघि पेन्टागनले यो संख्या २०० नजिक हुन सक्ने अनुमान गरेको थियो ।  जुन यस दशकको अन्त्यमा दोब्बर हुने सम्भावना रहेको बताएको थियो ।

प्रतिवेदनले खुल्लमखुल्ला चीनसँग द्वन्द्वको सुझाव दिएको छैन । तर पिपुल्स लिबरेसन आर्मीको बारेमा अमेरिकाको चिन्तालाई हाइलाइट गरेको छ । चिनियाँ सेनाले अमेरिकालाई युद्धका सबै क्षेत्रमा (हवाई, जमिन, समुद्र, अन्तरिक्ष र साइबरस्पेस) चुनौती दिन सक्ने अनुमान भने गरेको छ । यसैबीच अमेरिकी अधिकारीहरूले ताइवानप्रति चीनको दृष्टिकोणप्रति चिन्ता व्यक्त गरेका छन् ।

यो प्रतिवेदनलाई ‘मिलिटरी एन्ड सेक्युरिटी डेभलपमेन्ट्स डेभलपिङ पिपुल्स रिपब्लिक अफ चाइना २०२१’ नाम दिइएको छ । पेन्टागनको प्रतिवेदन डिसेम्बर २०२० सम्मको जानकारीमा आधारित छ । यसले गत गर्मीमा चिनियाँ हाइपरसोनिक हतियार परीक्षणको बारेमा केही खुलाएको छैन ।  जुन हाइपरसोनिक ग्लाइड वाहनले सुसज्जित थिए ।

प्रतिक्रिया दिनुहोस