
काठमाडौं । पर्यटकीय सिजनमै जेट एयरले दिइरहेको सेवा बन्द गरेको र भारतीय पर्यटकको मुभमेन्ट बढेको, दिल्ली ट्रान्जिट भएर आउने जाने पर्यटक र नेपालीको पनि बाक्लै आवत जावत हुन थालेपछि काठमाडौं दिल्ली हवाई भाडा पाउनै मुस्किल हुन थालेको छ । तीन साता अघिसम्म काठमाडौं दिल्ली हवाई भाडा ९ देखि १० हजारमा पाउने वायुसेवा निगमको पनि न्युनतम टिकट नै २० हजार माथि पुगेको छ । भारतीय निजी वायुसेवाले अझै महंगो भाडा मात्रै अशुल गरिरहेका छन् ।
काठमाडौं–दिल्ली उडानको हवाई भाडा पशुपति शर्माको गित ‘लुट्न सके लुट...’ जस्तै भएको सोसाईटी अफ ट्राभल एन्ड टूर अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बताए । उनका अनुसार जेट एयरलाइन्सले उडान बन्द गरेपछि यो क्षेत्रमा उडान गर्ने वायुसेवा कम्पनीले सस्तो हवाई भाडा बन्द गरेर महंगो मात्रै अशुल गरिरहेका छन् । जसका कारण हवाई भाडा बढाएको नदेखिएपछि नेपाली यात्रु बाध्यताले यात्र गर्नेलाइ पनि समस्या भइरहेको छ । उनका अनुसार जेटको उडान बन्द भएको र त्यसको विकल्पमा अन्य वायुसेवाले उडान थप नगर्दा चाप बढेको हो ।
वायुसेवा कम्पनीले भने भाडा नबढाएको तर सस्तो टिकट बन्द गरेको दाबी गरेका छन् । हवाई यात्रुको चाप बढेपछि काठमाडौं दिल्ली उडानका सबै वायुसेवाले सस्तो टिकट बन्द गरेर महंगो मात्रै बेचिरहेका छन् । सस्तो टिकट बिक्री नगरेको र महंगो पनि पाउन मुस्किल भएको उल्लेख छ । हवाई भाडा बढाउन सरकारी अनुमति चाहिने भन्दै भाडा बढाएको भन्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले चासो लिएर सम्बन्धित वायुसेवा कम्पनीसँग परामर्श पनि गरिसकेको छ । सम्बन्धित वायुसेवाले हवाई भाडा नबढाएको तर चाप अधिक भएकोले सस्तो टिकट बिक्री नगर्दा महंगो पर्न गएको जवाफ दिएका छन् ।
यो क्षेत्रमा उडान गर्ने सबै वायुसेवाले हाल सस्तो टिकट नबेचेर महंगो मात्रै बेचिरहेका छन् । यो भनेको ८/१० वटा सस्तो टिकट पाउने ग्राहकले पनि बाध्य भएर मध्यम र मध्यम खालको लागि महंगो परेको वायुसेवा निगमको भनाइ छ । निगमका अनुसार निजी वायुसेवासँग प्रतिस्पर्धा बढेको छ । हवाई भाडा अरुले महंगो लिएपछि चाप बढेर निगम आइपुग्ने पनि धेरै हुन थालेकोले निगमले पनि आफ्नो पूर्ववत भाडामै इकोनिमिक र बिजनेश क्यासको मात्रै बिक्री गरेको दाबी गरेको छ ।
भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा मात्रै नभए र यसका अन्य रुटमा पनि हवाई भाडा बढेको सोट्टोका अध्यक्ष उपाध्याय बताउँछन् । काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले भनाइ छ । जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो। अहिले दैनिक करिब पाँच सय यात्रुको चाप अन्य वायुसेवामा परेको छ। दैनिक ५ सय यात्रुको चाप अन्य वायुसेवा परेको छ । अन्य वायुसेवाको पनि त्यो यात्रु थपको क्षमता नभएकोले पनि पैसा बढाएर धेरै तिर्न सक्नेलाई मात्रै उडाइरहेका छन् ।
काठमाडौं–दिल्ली गर्ने अन्य वायुसेवामा नेपाल वायुसेवाको सातामा ११ वटा एयर इन्डियाले दैनिक २ वटा, इन्डिगोले दैनिक १ वटा र ड्रुक एयरको सातामा २ वटा उडान हुने गरेको छ । यो क्षेत्रमा वायुसेवा निगमले यही मे १ देखि उडान थपको घोषणा गरिसकेको छ । निगमले सातामा ३ वटा उडान थप गर्दै छ । निगमले दैनिक दुईवटा बनाउने र हाल १५८ सिट क्षमताको न्यरोबडीबाट भइरहेको उडानलाई २७४ सिट क्षमताको वाइडबडीबाट उडान गर्न थालेको छ । निगमले अब नियमति बेलुकको उडान वाइडबडीबाट र बिहान पनि बाइडबडी र न्यरोबडी पालैपालो उडान गर्ने बताइसकेको छ ।
प्रतिक्रिया दिनुहोस