aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भारतीय शेयर बजारमा आईपीओमा नयाँ रेकर्ड बन्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ कार्तिक २०७८
भारतीय शेयर बजारमा आईपीओमा नयाँ रेकर्ड बन्यो

एजेन्सी । यो वर्ष भारतीय बजारको आईपीओमा  सबै रेकर्ड तोडिएका छन् । यो वर्ष हालसम्म ४८ कम्पनीले आईपीओमार्फत बजारबाट ९६ हजार १४५ करोड रुपैयाँ सङ्कलन गरेका छन् । अर्को हप्तासम्म यो रकम बढेर १.१९ लाख करोड पुग्ने अनुमान गरिएको छ ।

कोरोनाको घट्दो प्रभाव र आर्थिक प्रणालीमा आएको रिकभरी र कम्पनीको राम्रो आम्दानीका कारण बजार सेन्टीमेन्ट बलियो छ । शेयर बजारमा कीर्तिमानी उचाइ छ । भातरीय शेयर बजारको सेन्सेक्सले ६२ हजारको रेकर्ड बनाएको छ भने निफ्टीले १८ हजार नाघेको रेकर्ड बनाएको छ । यी सबैलाई मध्यनजर गर्दै यो वर्ष पनि लगानीकर्ताले शेयर बजारबाट ठूलो नाफा आर्जन गरेका छन् । पछिल्लो एक वर्षमा सबै राम्रा स्टकहरूले दुई गुणा वा सोभन्दा बढी प्रतिफल दिएका छन् ।

तथ्याङ्क अनुसार यो वर्ष हालसम्म ४८ कम्पनीले बजारमा ९६ हजार १४५ करोड रुपैयाँ संकलन गरेका छन् । यसमा सबैभन्दा ठूलो ९ हजार ३ सय ७५ करोड भारु थियो ।  यद्यपि अर्को साता तीनवटा आईपीओ आउने भएका छन् । यी तीन कम्पनीले २१ हजार करोड रुपैयाँ उठाउने छन् । यसमा सबैभन्दा ठूलो  पेटीएमको १८,३०० करोड रुपैयाँ हुने छ । यससँगै सफायर फुड्सले २०७३ करोड रुपैयाँ उठाउनेछ । जबकि लेटेन्ट भ्यू ६०० करोड रुपैयाँ उठाउने छ ।

विगत ६ वर्षमा कुल २१ कम्पनीले बजारबाट १३ हजार ५१३ करोड रुपैयाँ उठेका थिए । २०१६ मा २६ कम्पनीहरुद्वारा २६,,५०१ करोड र २४ कम्पनीहरु द्वारा २०१८ मा ३१,६३१ करोड रुपैया उठाइएको थिए । २०१९मा, १६ कम्पनीहरूले १२,६८७ रुपैयाँ उठाए र गत वर्ष १५ कम्पनीहरूले २६,६१८ करोड रुपैयाँ उठाए ।
 

प्रतिक्रिया दिनुहोस