aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

बिल गेट्सको जलवायु परिवर्तनमा चासो, मोदी र बिल गेट्सबीच न्यूनीकरण गर्ने उपाय खोज्नेबारे छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ कार्तिक २०७८
बिल गेट्सको जलवायु परिवर्तनमा चासो, मोदी र बिल गेट्सबीच न्यूनीकरण गर्ने उपाय खोज्नेबारे छलफल

एजेन्सी । मगलबार प्रधानमन्त्री नरेन्द्र मोदी र बिल गेट्स बीच द्विपक्षीय बैठक भएको थियो जसमा दुवै ले जलवायु परिवर्तन न्यूनीकरण गर्ने उपायबारे छलफल गरेका थिए। बेलायतको ग्लासगोमा आयोजित कोप २६ शिखर सम्मेलनको पृष्ठभूमीमा दुई व्यक्तित्व बीच भेट भएको थियो।

विदेश मन्त्रालयका अनुसार हरित ऊर्जा, हवाई इन्धन, ब्याट्री भण्डारण र खोप अनुसन्धान जस्ता क्षेत्रमा आशाजनक छलफल भएको थियो। विदेश मन्त्रालयका अनुसार भारतमा बिल र मेलिन्डा गेट्स फाउन्डेशनले गरिरहेको कामको प्रधानमन्त्री मोदीले प्रशंसा गर्नुभएको थियो।

बिल गेट्सले प्रधानमन्त्रीलाई नवाचार अभियान मा भएको प्रगतिबारे जानकारी गराएका थिए। दुवै ले नवाचार अभियान अन्तर्गत भारतमा गतिविधि बढाउने तरिका बारे पनि छलफल गरेका थिए। यस सन्दर्भमा प्रधानमन्त्री मोदीले ट्विटरमा लेखेका छन,  'कोप २६ शिखर सम्मेलन मा २बिलगेट्स सँग भेट। हामीले जलवायु परिवर्तनलाई जित्न विश्वव्यापी प्रयासहरूलाई बलियो बनाउने उपायहरू सहित विभिन्न विषयहरूमा छलफल गर्यौं।'

यस सन्दर्भमा बिल गेट्स ले‌ पनि ट्वीट मा लेखे, 'कोप २६ पृष्ठभूमिमा प्रधानमन्त्री नरेन्द्रमोदीसँग विज्ञान, नवीनता र परिवर्तनकारी कृषिमा थप लगानी गर्न र साना किसानमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने उपाय बारे छलफल छलफल गर्यौं।'
 

प्रतिक्रिया दिनुहोस