
एजेन्सी । दिपावाली विश्वभरी नै मनाउने गरिन्छ । विषेश प्रथमिकताका रुपमा हिन्दुहरुको बाहुलियता धेरै भएका देशहरु, फिजी, इन्डोनेसिया, नेपाल भारत, मलेसिया, क्यानडा, बेलायत, श्रीलंका, बंगलादेश, भुटानमा दिपावाली बनाउने गरिन्छ ।
फिजीमा ठूलो भारतीय जनसंख्याको कारण यहाँ दिवाली ठूलो धूमधामका साथ मनाइन्छ । दीपावलीको दिन सार्वजनिक बिदा पनि हुने र मानिसहरु ठूलो मात्रामा भेला हुने गर्दछन् । त्यस्तै, इन्डोनेसियामा यति ठूलो भारतीय जनसङ्ख्या नभए पनि यहाँ दिवाली ठूलो पर्व हो ।
नेपालभन्दा फरक मलेसियामा दिवालीलाई हरि दिवाली भनिन्छ र सबै दिपावाली बनाउने विधिहरु नेपालमा भन्दा फरक छन्। दिनको शुरुवातमा तेलले नुहाउने गर्दछन् । मलेसियामा पटाका बिक्रीमा प्रतिबन्ध लागेकाले उनीहरुले उपहार, मिठाई र शुभकामना बाँडेर उत्सव मनाउने गरेका छन् ।
मौरिससको ६० प्रतिशत जनसंख्या हिन्दू छन् । यहाँ दीपावली धेरै उच्च प्राथमिकताका साथ मनाइन्छ र यो दिन सार्वजनिक बिदा पनि दिने गरिन्छ । श्रीलंकामा पनि धेरै हिन्दू जनसंख्या छ र यसै कारणले यहाँ पनि दीपावली धेरै धूमधामका साथ मनाइन्छ । दीपावली पछाडिको कथाको श्रीलंकासँग पनि जोडिएको छ ।
क्यानाडालाई अनौपचारिक रूपमा ’मिनी पञ्जाब’ भनिन्छ किनभने त्यहाँ ठूलो संख्यामा पञ्जाबहरू बसोबास गर्छन् । बेलायतका धेरै सहरहरू, विशेष गरी बर्मिंघम र लेस्टरले ठूलो मात्रामा दिवाली मनाउँछन् । किनकि त्यहाँ ठूलो भारतीय समुदायको बसोबास रहेको छ । क्यारेबियन टापु त्रिनिदाद र टोबागोमा मात्र दीपावली मात्र नभएर रामलीलाका बारेमा धेरै नाटक र ठूलठूला मञ्चहरुमा नाटक मञ्चन गरिन्छ ।
प्रतिक्रिया दिनुहोस