
एजेन्सी । भारतीय केन्द्रीय बैंक (आरबीआई) ले पछिल्लो एक वर्षमा करिब ७५ टन सुन किनेको छ । रिजर्व बैंकसँग लगभग ४६४० बिलियन डलर बराबर विदेशी मुद्रा भण्डार गरेको हो । जसमध्ये करिब ७ सय ४४ टन सुन रहेको छ । पछिल्लो १२ महिनामा रिजर्भ बैंकको सुन सञ्चितिमा राम्रो वृद्धि भएको छ । रिजर्भ बैंकले जारी गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर २०२१ सम्म यसको रिजर्भमा ७४३.८४ टन सुन थियो । यो सेप्टेम्बर २०२० को तुलनामा करिब ११ प्रतिशत बढी हो ।
सेप्टेम्बर २०२० मा रिजर्व बैंकको सञ्चितिमा ६६८.२५ टन सुन थियो। यसरी पछिल्लो १२ महिनामा रिजर्भ बैंकले थप ७५.५९ टन सुन खरिद गरेको छ । रिजर्व बैंकको यो सुनको रिजर्भको मूल्य लगभग १.२ लाख करोड रुपैयाँ भारु छ । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार रिजर्भ बैंकको सुनको मूल्य एक वर्षमा करिब ७,१५० करोड रुपैयाँले बढेको छ ।
पछिल्ला दुई वर्षमा रिजर्भ बैंकको सुनको सञ्चिति करिब १२५ दशमलव ६ टनले बढेको छ । जसका कारण भारत विश्वको नवौं ठूलो सुन भण्डार भएको देश बनेको छ । रिजर्भ बैंकका अनुसार यस सञ्चितिमध्ये ४५१ दशमलव ५४ टन सुन बैंक अफ इङ्ल्यान्ड र बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बिआईएस) को सुरक्षित रहेको छ ।
प्रतिक्रिया दिनुहोस