aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शिक्षासेवी शर्माको निधन

  • रासस
    रासस
  • शुक्रबार, १९ कार्तिक २०७८
शिक्षासेवी शर्माको निधन

बागलुङ । बागलुङ नगरपालिका वडा नं १२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा आज निधन भएको छ । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निमोनियाको उपचार गराइरहेका उनको आज बिहान ६ः०० बजे सोही अस्पतालमा निधन भएको हो । 

विसं १९९६ वैशाख १५ गते बागलुङको अमलाचौरमा जन्मिएका उनले लामो समयदेखि प्राध्यापन तथा शिक्षा क्षेत्रमा काम गरे । विसं २०१७ मा एसएलसी पास गरेका उनले संस्कृत साहित्यमा आचार्य र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्ेका थिए । उनले सुरुमा माध्यमिक विद्यालय निरीक्षक र पछि जिल्ला शिक्षा अधिकारी भएर काम गरेका थिए । 

बागलुङ जिल्लाको अमलाचौरमा पृथ्वी माध्यमिक विद्यालय स्थापना गर्न र पछि सोही विद्यालयमा उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न पनि उनको ठूलो योगदान रहेको छ । उनले सो उच्च मावि, पर्वत जिल्लाको फलेबासस्थित पर्वत बहुमुखी क्याम्पासलगायतका क्याम्पसहरुमा लामो समय अध्यापन गरेका थिए । 

साहित्य र लेखनमा गहिरो रुचि राख्ने उनका जननी स्मृति, जनगन्थन पुस्तक तथा अरु कयौँ फुटकर लेख र कविता प्रकाशित छन् । 

उनकी धर्मपत्नी दिलकुमारी शर्मा तथा सात छोरा छन । उनका छोरा दिलीपप्रसाद शर्मा राष्ट्रिय समाचार समितिको अन्तर्राष्ट्रिय समाचार शाखामा सम्पादक हुन । शर्माको बागलुङ जिल्लास्थित जैमिनीघाटमा आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस