aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

सियरा लियोनमा इन्धन ट्यांकर विस्फोट, ९२ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० कार्तिक २०७८
सियरा लियोनमा इन्धन ट्यांकर विस्फोट, ९२ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी राष्ट्र सियरा लियोनको राजधानी फ्रिटाउनमा इन्धन ट्याङ्करमा विस्फोट भएको छ । यस दुर्घटनामा ९२ जनाको मृत्यु भएको थियो । सियरा लियोनको राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सी (एनडीएमए) का सञ्चार निर्देशक मोहम्मद लामाराने बाहले विस्फोटमा धेरै व्यक्ति घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताएको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन।

अधिकारीहरूले घाइतेहरूलाई अस्पताल लगिएको बाहले बताए। घाइतेहरुलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्रयास हो । गम्भीर घाइतेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अहिले घटनास्थलमा उद्धार कार्य सकिएको उनले बताए ।

ट्याङ्करमा विष्फोट भएपछि आगो वरपरका क्षेत्रमा फैलिँदा धेरै सवारीसाधन पनि जलेर नष्ट भएका छन् । ट्याङ्करमा विष्फोट भएपछि आगो वरपरका क्षेत्रमा फैलिँदा धेरै सवारीसाधन पनि जलेर नष्ट भएका छन् । ४० फिट लामो ट्यांकरसँग ट्रक ठोक्किएपछि दुर्घटना भएको हो । सहरको भेलिंगटन क्षेत्रमा रहेको एउटा सुपरमार्केट नजिकै उक्त दुर्घटना भएको हो ।

४० फिट लामो ट्यांकरसँग ट्रक ठोक्किएपछि दुर्घटना भएको हो । सहरको भेलिंगटन क्षेत्रमा रहेको एउटा सुपरमार्केट नजिकै उक्त दुर्घटना भएको हो । राष्ट्रपतिले भने– सरकार पीडित परिवारको साथमा छ । 

सियरा लियोनका राष्ट्रपति जुलियस माडा बायोले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै विस्फोट र मृत्युको खबर सुनेर आफु निकै दुखी भएको बताएका छन् । उनले सरकार पीडित परिवारको साथमा रहेको बताए । यी मानिसहरूलाई सबै सम्भव सहयोग दिइनेछ।

प्रतिक्रिया दिनुहोस