aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ कार्तिक २०७८
भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको सबैभन्दा लोकप्रिय नेतामा चुनिएका छन् । अमेरिकी डेट इन्टिलेजेन्स फर्म द मर्निङ कन्सल्टको पछिल्लो सर्वेक्षणमा भारतीय प्रधानमन्त्री मोदी पुनः एक पटक विश्वकै सबैभन्दा लोकप्रिय नेता चुनिएका हुन् । 

उक्त सर्वेक्षण अनुसार मोदीले अप्रुभल रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित संसारका १३ चर्चित नेताहरुलाई उछिनेका छन् । ५ नोभेम्बरमा सार्वजनिक गरिएको यो सर्वेमा मोदी अन्य विश्व नेताहरुभन्दा अगाडि छन् । भारतीय प्रधानमन्त्री मोदीले लोकप्रियताको ग्राफमा मेक्सिकन राष्ट्रपति आन्द्रे म्यानुएनल लोपेज ओब्राडोर, इटालीका प्रधानमन्त्री मारियो दाघ्री, जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी राष्ट्रपति जो बाइडेनलाई उछिनेका छन् ।   

भारतीय संचारमाध्यमका अनुसार अमेरिकी कम्पनी द मर्निङ कन्सल्टको अनुमोदन रेटिङमा प्रधानमन्त्री मोदी ७० प्रतिशतका साथ सबैभन्दा लोकप्रिय नेता चुनिएका हुन्। यसपटक प्रधानमन्त्री मोदीको अनुमोदन रेटिङ जुनमा जारी गरिएको अप्रुभल रेटिङभन्दा उत्कृष्ट देखिएको छ । यो रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं नम्बरमा छन् भने बेलायती प्रधानमन्त्री बोरिस जोन्सन १० नम्बरमा छन्। मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर दोस्रो नम्बरमा छन्। 

प्रतिक्रिया दिनुहोस