
गुजरातका २६, केरलाका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिसाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५, दमन–दीवको १, दादर नगर हवेलीको एक र जम्मू–कस्मिरको एक सिटका लागि मतदान भइरहेको हो ।
१ सय १७ सिटका लागि १ हजार ६ सय १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यीमध्ये राष्ट्रिय दलका ३ सय १४, क्षेत्रीय दलका ७६, मान्यता प्राप्त नगरेका दलका ४ सय ९२ र स्वतन्त्र ७ सय १२ जना उम्मेदवार मैदानमा छन् ।
दुई प्रमुख पार्टी भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसका अध्यक्षको चुनावी क्षेत्रमा पनि आज मतदान भइरहेको छ । कांग्रेस अध्यक्ष राहुल गान्धी यो चरणमा केरलको वायनाड संसदीय क्षेत्रबाट चुनावी मैदानमा छन् ।
भाजपा अध्यक्ष अमित शाह गुजरातको गान्धीनगरबाट चुनावी मैदानमा उत्रिएका छन् । राहुल गान्धी केरलको वायनाडबाट चुनावी प्रतिस्पर्धामा रहेको यो पहिलोपटक हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा पनि आज चुनाव भइरहेको छ । मोदीले मतदान गर्नुअघि आमासँग आशीर्वाद लिएका थिए । उनले केही समयअघि मतदान गरेका छन् । यसपटकको चुनावमा ९० करोडभन्दा बढी मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् ।
प्रतिक्रिया दिनुहोस