aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

चीनको उत्तरी क्षेत्रमा हिमपातको सम्भावना, आँधीले मंगोलियसम्म असर गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ कार्तिक २०७८
चीनको उत्तरी क्षेत्रमा हिमपातको सम्भावना,  आँधीले मंगोलियसम्म असर गर्ने
फाइल तस्विर

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले आइतबार पनि केही उत्तरी क्षेत्रमा हिमपात हुन सक्ने चेतावनी जारी गरेको छ। आइतबार बिहानदेखि सोमबार बिहानसम्म  हिउँ र आँधीले भित्री मङ्गोलिया, हेबेई, तियानजिन, शानडोङ, लिओनिङ, जिलिन र हेइलोङजियाङका केही भागहरूमा असर गर्ने सम्भावना रहेको उक्त केन्द्रले जनाएको छ। 

यी मध्ये केही क्षेत्रहरूमा हिमपातले ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्ने अनुमान गरिएको छ । केन्द्रले स्थानीयहरूलाई घर भित्रै बस्न सल्लाह दिदै सरकारी अधिकारीहरूलाई सडक, रेलवे, बिजुली र दूरसञ्चारमा सावधानी अपनाउन आग्रह गरेको छ ।

चीनमा चार किसिमको रंग(कोड गरिएको मौसम चेतावनी प्रणाली छ सञ्चालनमा छ जसमा रातोले सबैभन्दा गम्भीर, त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः कम खतराको मौसमी सङ्केत गर्दछ । सिन्ह्वा
 

प्रतिक्रिया दिनुहोस