aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

बाबुराम भट्टराईकी छोरीले केपी ओलीलाई दिइन कडा जवाफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ कार्तिक २०७८
बाबुराम भट्टराईकी छोरीले केपी ओलीलाई दिइन कडा जवाफ

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी तथा जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ दिएकी छिन् । उनले ओलीले आइतबार एक कार्यक्रममा बाबुराम भट्टराईकी छोरी बेलायतमा महिनाको ५ लाखसम्म खर्च गरेर पढेको भन्ने हावादारी भाषणको कडा जवाफ दिएकी हुन ।

मानुषीले त्यसको जवाफमा ओलीलाई तथ्यसहित अभिव्यक्ति दिन सुझाएकी हुन् । उनले आफ्नो फेसबुकमा भनेकी छिन्,  पूर्व प्रम ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला । स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा( हिसिला यामी)ले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किसकेका थियौँ ।

 उनले ओलीको जवाफ दिँदै भनेकी छिन, 'हामी कुन आम्दानीको स्रोतबाट गएका थियौं, त्यहाँ हामी कस्तो अवस्थाबाट गुज्रियौँ भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथाको पेज नं ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला । राजनीतिलाई कतिञ्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?'
 

प्रतिक्रिया दिनुहोस