aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फ्रान्समा जी ७ का अर्थमन्त्रीहरूको बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
फ्रान्समा जी ७ का अर्थमन्त्रीहरूको बैठक

फ्रान्स । फ्रान्समा बुधबारदेखि जी ७ का सदस्य राष्ट्रहरूका अर्थमन्त्रीहरूको दुईदिने बैठक शुरु भएको छ ।देशको उत्तरी शहर चान्टीलीमा सुरु भएको बैठकमा पारदर्शी अर्थतन्त्र, विद्युतीय करलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकको अध्यक्षता गरेका फ्रान्सका अर्थमन्त्री ब्रुनो ली मायरले अन्य देशका समकक्षीहरूलाई स्वागत गरेका थिए ।बैठकमा उनले जर्मनी, इटाली, जापान, बेलायत, अमेरिका र क्यानाडाका समकक्षीहरूलाई निमन्त्रणा गरेका थिए ।  

बैठकमा “पूँजीवादको पुनःनिर्माणका लागि” छलफल हुने नेताहरूले बताएका छन् । उनीहरूले पारदर्शी पूँजीवादको आवश्यकता रहेकोमा पनि जोड दिएका छन् । 

प्रतिक्रिया दिनुहोस