
एजेन्सी । किस्तामा हवाई टिकटको पैसा तिर्न सक्ने अफर ल्याएको छ । भारतको स्पाइसजेटले यस्तो सुविधा ल्याएको हो । कम्पनीले टिकट किनेर पछि किस्ताबन्दीमा तिर्ने बताएको छ ।
ग्राहकको दृष्टिकोणले यो राम्रो योजना भएको कम्पनीले जनाएको छ । एयरलाइन्सहरूले पछि वा कार्डलेस किस्ताका रुपमा टिकटको पैसा तिर्ने व्यवस्था मिलाएको बताएको छ । यसमा ग्राहकले अनलाइनबाटै ३, ६, ९ र १२ महिनाको किस्तामा टिकट खरिद गर्न सक्नेछन् । यस सम्बन्धमा कम्पनीका प्रमुख वाणिज्य अधिकृत शिल्पा भाटियाले ग्राहकको सुविधाका लागि यो योजना ल्याएको बताइन् ।
उनले परिवारसँग बिदा मनाउने हो भने टिकटको मूल्यका कारण विदा ढिलो गर्नु पर्ने कुनै कारण नरहेको बताइन । यात्रुहरूले सजिलो किस्तामा भुक्तानी गर्न सकुन भन्नेर यो अफर ल्याएको उनले बताइ । साथै ग्राहकले तोकिएको समयभन्दा अगावै भुक्तानी गर्न चाहेमा यो सुविधा पनि उपलब्ध रहेको पनि जानकारी दिएकी छिन । यसका लागि कुनै शुल्क लाग्ने छैन।
यो सुविधालाई ३६९ नाम दिइएको छ। यो भुक्तानी विकल्प स्पाइसजेटको वेबसाइट र अन्य भुक्तानी विकल्पहरू यसको मोबाइल फोन साइटमा उपलब्ध हुनेछ। टिकट बुकिङ गर्दा ग्राहकले यसमा थप्न सक्छन्। यसका लागि छुट्टै पैसा तिर्नु पर्दैन । स्पाइसजेटको नयाँ सुविधाले ग्राहकहरूलाई पूर्ण रूपमा कार्डरहित अनुभव दिनेछ। यसका लागि ग्राहकले क्रेडिट वा डेबिट कार्डको पूर्ण विवरण उपलब्ध गराउनु पर्दैन ।
किस्ता विकल्प प्राप्त गर्न, ग्राहकहरूले प्यान नम्बर, आधार नम्बर र ओटीपी प्रदान गर्नुपर्नेछ। ओटीपी प्रमाणित भएपछि ग्राहकले किस्ताको विकल्प रोज्न सक्छन्। यसका लागि उनीहरूले युपीआइ आईडी बन्ने छ । भुक्तानी युपीआइ आइडीबाट नै किस्तामा कटौती गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस