
काठमाडौं । वागमती प्रदेश गठबन्धनको मुख्य घटक नेपाल काग्रेसका नेता तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँले संविधान रक्षाका लागि बनेको गठबन्धन सरकारलाई विश्वासको मत दिँदै नयाँ बन्ने सरकारको समर्थन गरेका छन् । सोमबार वागतमी प्रदेशका नयाँ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई विश्वासको मत दिँदै प्रदेश संसदमा यस्तो बताउका हुन ।
उनले भने, ‘संविधानको रक्षाका लागि बनेको यो सरकार हो र अब यो सरकार आगामी निर्वाचनसम्मका लागि गठबन्धनका रुपमा नै अघि बढ्छ । चुनावमा गएपछि कुन पाटी बोका बन्छ र कुन पार्टी हात्ती बन्छ त्यो भने चुनावपछि मात्रै थाहा हुन्छ ।’
त्यस्तै, सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेकपा माओवादीका नेता सालितकराम जम्मरकट्टेल एमाले सबैभन्दा असक्षम पार्टी भएको पनि दाबी गरे । उनले पार्टी सञ्चालन गर्न, सरकार सञ्चालन गर्न एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली असक्षम भएको जिकिर गरे ।
नेकपा एमालेका बागमती प्रदेशसभा सदस्य दीपक निरौलाले राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारसँग प्रदेशलाई समृद्ध बनाउने के योजना छ भनेर प्रश्न गरे । सोमबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो प्रश्न गरेका हुन् । साथै उनले राजन्द्र प्रसाद पाण्डेको सरकारलाई विश्वासको मत नदिने घोषणा पनि गरे ।
प्रतिक्रिया दिनुहोस