भीसीटीएस, ढुवानीमा भ्याट र अनिवार्य स्थायी लेखा नम्बर(प्यान) एकसाथ लागू हुँदा आर्थिक वर्ष २०७६÷७७ को पहिलो दिन बुधबार ढुवानी ठप्प जस्तै बनेको छ । नेपाल औद्योगिक क्षेत्रबाट बुधबार ढुवानीका लागि ट्रकहरु बाहिर नगएको जानकारी दिए ।
उनका अनुसार ढुवानीमा भीसीटीएस र प्यानमार्फत भुक्तानी अनुसरण नगर्दा कारबाहीमा परिने डरले ढुवानी ठप्प भएको हो । यसैबीच पेट्रोलियम डिलर एशोसिएसनले आफ्ना सदस्यलाई ढुवानको अर्डर नलिन आग्रह गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यो प्रणाली ठीक भए पनि व्यवसायीहरुलाई अभ्यस्त बनाएर मात्रै लागु गर्दा प्रभावकारी हुने बताइन् । नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले प्रविधिको प्रयोगका हसाबले यो अग्रगामी काम भए पनि सेवाग्राहीको क्षमता अभिबृद्घि बिना यसको कार्यान्वयनमा चुनौति रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले साना व्यवसायी तथा स्थानीय ढुवानीकर्ताको हकमा यो व्यवहारिक नभएको बताउँदै छोटो दूरीको हकमा देखिएको अस्पष्टता हटाउन माग गरेको खबर आजको अभियान दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस