
एजेन्सी । क्रिप्टोकरेन्सीको मूल्यमा भारी वृद्धि भएको छ । सबैभन्दा लोकप्रिय क्रिप्टो करेन्सी बिटकोइनको मूल्य आज ६७ हजार ८०३ डलर पुगेको छ । पछिल्लो ६ महिनामा यसको मूल्य दोब्बर भएको छ ।
बिटक्वाइनपछिको दोस्रो सबैभन्दा लोकप्रिय करेन्सी ईथरको मूल्य पनि ह्वात्तै बढेको छ । इथरको मूल्य अहिले ४ हजार ८२५ डलर पुगेको छ । दुवै डिजिटल करेन्सीले अक्टोबरदेखि डलरको तुलनामा ७० प्रतिशत बढी प्रतिफल दिएको देखिएको छ । अक्टोबर महिनादेखि बिटक्वाइन र अन्य मुद्रामा उकालो लागेका छन । गत महिना अमेरिकामा क्रिप्टोकरन्सीको एक्सचेन्ज ट्रेडेड फन्ड (इटीफ) सार्वजनिक गरिएको थियो । यो पहिलो बिटकोइन इटीएफ शुरु गरिएको थियो ।
गत हप्ता कुल ९.५ मिलियन डलर बराबर बिटक्वाइन बजारमा आएको थियो । यो सबै डिजिटल सम्पत्तिहरूमध्ये सबैभन्दा उच्च रकम थियो । जबकि पछिल्ला दुई महिनामा यस सम्पत्तिमा २ अर्ब ८ करोड डलर आएको छ । हालैका हप्ताहरूमा अस्ट्रेलियाको सबैभन्दा ठूलो बैंकले खुद्रा ग्राहकहरूलाई क्रिप्टोको व्यापारको प्रस्ताव गरिरहेको बताएको छ । अन्य क्रिप्टो मुद्राहरू विनांस र सोलाना दुवै तेस्रो र चौथो सबैभन्दा लोकप्रिय मुद्राहरू बनेका छन् । पछिल्लो ७ दिनमा तिनीहरूको मूल्य २० प्रतिशतले बढेको छ ।
क्रिप्टो मूल्यमा भएको तीव्र वृद्धिले पहिलो पटक यसको मार्केट क्याप ३ लाख करोड डलर पुगेको छ । कुल १३,७९६ मुद्राहरू हाल क्रिप्टोमा व्यापार भइरहेका छन् । अक्टोबर १५ मा बिटक्वाइनको मूल्य ६०,००० डलर नाघेको थियो ।
बिटक्वाइनको सबैभन्दा उच्च मूल्य अप्रिल २०२१ मा थियो। त्यतिबेला बिटक्वाइन ६४,८८९ डलरमा कारोबार भइरहेको थियो। त्यसपछि यो मुद्रामा ठूलो गिरावट आएको थियो । जसका कारण बिटक्वाइनको मूल्य ३० हजार डलर पुगेको छ । विज्ञहरूका अनुसार छिट्टै बिटक्वाइनको मूल्य एक मिलियन डलर नाघेको छ ।
अधिकांश विश्लेषकहरूले लगानीकर्ताहरूलाई उनीहरूको पोर्टफोलियोमा क्रिप्टो समावेश गर्न र यसलाई सम्पत्ति वर्गको रूपमा पनि उल्लेख गर्न सल्लाह दिइरहेका छन् । भारतमा क्रिप्टो बजार २०३० सम्ममा २४१ मिलियन डलर हुने अपेक्षा गरिएको छ । सन् २०२६ सम्ममा विश्वभर २.३ बिलियन डलरको बजार हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस