aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चीनमा कोरोनाविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ कार्तिक २०७८
चीनमा कोरोनाविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइयो

एजेन्सी । चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको त्यहाँको ‘नेशनल हेल्थ कमिसन’ले मङ्गलबार जानकारी दिएको छ । चीनमा विश्वको तुलनामा सब भन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ । 

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो । सो समयदेखि हालसम्म  विश्वभरी २५ करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ५० लाख ७३ हजार भन्दा बढी व्यक्तिको यसको सङ्क्रमणको कारण मृत्यु भएको छ । यद्यपी २२ करोड ७४ लाख ६ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् ।  

प्रतिक्रिया दिनुहोस