
एजेन्सी । युनाइटेड अरब इमिरेट्स (युएइ) को मन्त्रिपरिषद्ले सडकमा सेल्फ ड्राइभिङ कारको परीक्षण सुरु गर्न त्यहाको गृह मन्त्रालयले पेश गरेको प्रस्तावलाई पनि स्वीकृत गरेको छ । मन्त्रालयलाई युएईको सडकमा सेल्फ ड्राइभिङ कारको परीक्षणको नतिजाको मस्यौदा तयार गर्ने र यो प्रविधि अपनाएमा स्थायी र अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद पेश गर्ने जिम्मा दिइएको छ ।
ूयुएई मध्य पूर्वमा पहिलो र विश्वव्यापी रूपमा दोस्रो देश हुनेछ जसले सडकमा सेल्फ–ड्राइभिङ कारहरू परीक्षण गर्नेछ। यस प्रकारको सवारी साधनलाई अझ सुरक्षित र भरपर्दो बनाउनु रहेको बताइएको छ । सेल्फ ड्राइभिङ कारहरूको परीक्षणको नतिजाको समीक्षा गर्न र तदनुसार उपयुक्त निर्णय लिनको लागि आर्टिफिसियल इन्टेलिजेन्स अफिससँगको समन्वयको रिपोर्टको पर्खाइमा रहेको युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री तथा दुबईका शासक महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले ट्वीट गरेका छन्।
मन्त्रिपरिषद्ले संघीय सरकारको विशेष कोष नीति पनि पारित गरेको छ । जसअनुसार सरकारी संस्थाहरूले निश्चित नियन्त्रण र मापदण्डअनुसार आफ्नो विकास कार्यक्रम सञ्चालन गर्ने वित्तिय कोष स्थापना गर्न सक्नेछन्। शेख मोहम्मदले नीतिको अन्तिम लक्ष्य सरकारी कामको उत्पादकत्व र लचिलोपनलाई प्रवर्द्धन गर्ने र राम्रो नतिजा हासिल गर्ने रहेको बताए।
युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री तथा दुबईका शासक महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा उक्त घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस