aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

फेरिए तीन प्रदेशका प्रदेश प्रमुख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ कार्तिक २०७८
फेरिए तीन प्रदेशका प्रदेश प्रमुख

काठमाडौं । तीन प्रदेशका प्रदेश प्रमुख फेरिएका छन् । सरकारले प्रदेश नं. १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेरेको हो ।  

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश नं. १ को प्रदेश प्रमुखमा पर्शुराम खापुङ, कर्णाली प्रदेशको प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई प्रमुख बनाउने निर्णय गरेको हो । परियार माओवादी केन्द्र, जोशी कांग्रेस र खापुङ जनता समाजवादी पार्टीबाट प्रदेश प्रमुख बनेका हुन्।  

प्रतिक्रिया दिनुहोस