aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

तीन प्रदेश प्रमुख पदमुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ कार्तिक २०७८
तीन प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । तीन वटा प्रदेश प्रमुखको जागीर सकिएको छ  पदमुक्तराष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि उनीहरुको जागीर सकिएको हो । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् । 

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस