
तीन दशकपछिको पूर्ण बहुमतसहितको सरकारले वर्षैभरि काम गरेको भनेर ढोल पिटे पनि तथ्यांकले आफैंले निर्धारण गरेको लक्ष्य भेट्न नसकेकोे देखाएको छ।
गत आर्थिक वर्ष २०७५र७६ मा सरकारले चालु र पुँजीगत खर्च एवं राजस्व असुलीको लक्ष्य भेट्न सकेन। अर्थमन्त्री युवराज खतिवडाले गत आवको बजेट ल्याउँदा तोकेको राजस्वबाहेक चालू र पुँजीगत खर्चको लक्ष्य महŒवाकांक्षी थिएन र पनि सरकार यही लक्ष्य फेला पार्न चुकेको छ।
अर्थमन्त्री खतिवडाले गत आर्थिक वर्षको मध्य ९पुस० सम्ममा खर्च र राजस्व असुली लक्ष्यअनुसार नहुने देखेर बजेटको मध्यावधि समीक्षामार्फत कुल बजेट खर्च ८।२ प्रतिशतले घटाएका थिए।
यस्तै चालू खर्च ७।७, पुँजीगत १३।५ र राजस्व लक्ष्य पनि ९ प्रतिशतले घटाइएको थियो। बजेटले राखेको लक्ष्य भेट्टाउनु त परै जाओस्, अहिले यही संशोधित लक्ष्य पनि सरकारले पूरा गर्न नसकेको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस