aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

मुगु/हुम्लामा दोब्बर हवाई भाडा असुल्दै विमान कम्पनीहरु

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, २४ कार्तिक २०७८
मुगु/हुम्लामा दोब्बर हवाई भाडा असुल्दै विमान कम्पनीहरु

मुगु/हुम्ला । मुगुको रारा विमानस्थलमा उडान गर्ने निजी एयरलाइन्सले कार्गोका नाममा दोब्बर भाडा असुल्न थालेका छन् । नेपालगन्जदेखि मुगु आउन यात्रु नभएको भन्दै एयरलाइन्सले एकतर्फी भाडा नै १२ हजार रुपैयाँ लिने गरेका हुन् । 

खाली जहाज बोलाउनुपरेको भन्दै दुवैतर्फको भाडा जोडेर १२ हजार रुपैयाँ लिन थालिएको एयरलाइन्सका कर्मचारीको दाबी छ । मुगुदेखि नेपालगन्ज जान प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ भाडा तोकिए पनि नेपालगन्जबाट मुगु आउने यात्रु नपाइने भन्दै बढी भाडा लिने गरेको रोयल कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र स्वाँरले बताए ।‘जहाजले जथाभावी भाडा उठाइरहेका छन्,’ उनले भने, ‘यात्रु चर्को भाडा तिरेर जहाज चढ्न बाध्य भए पनि विमानस्थल प्रशासन मौन छ ।’

टिकट पाउन मुस्किल भएपछि महँगो भाडा तिरेर पनि यात्रु जहाज चढ्न पाउँदैनन् । हवाई टिकट नपाएर ४र५ दिनसम्म भौंतारिनुपरेको सोरु गाउँपालिका–२ का राजेन्द्र शाहीको भनाइ छ । ‘सडक जीर्ण हुँदा गाडीबाट जान जोखिमयुक्त छ,’ उनले भने, ‘जहाजमा महँगो भाडा तिर्छु भन्दा पनि टिकट पाउन मुस्किल भयो ।’

प्रतिक्रिया दिनुहोस