कार्यालय बाहिर चौकीदार। भित्र चौबीसै घण्टा बन्दुकसहितका प्रहरीको पहरा। कार्यालयको तेस्रो तलामा भण्डारण छ। गेटमा लाहा लगाएर तीन वटा ताल्चा मारिएको छ।
यो कुनै बैंक हो न त कुनै सरकारी चलअचल सम्पत्ति संग्रह गर्ने कार्यालय। राज्यको सम्पत्ति राख्ने ठाउँ नभए पनि महत्त्वपूर्ण वस्तु भण्डारण छ यहाँ। त्यो हो हुलाकी टिकट।
फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयलाई टिकट छपाइ र भण्डारणको जिम्मेवारी छ। टिकट भण्डारणमा अहिले चलनचल्तीका मात्रै राखिएको छैनन्, कामै नलाग्ने टिकट पनि संगृहीत छन्।
बहादुर शाहदेखि राजा वीरेन्द्र र ज्ञानेन्द्रसम्मका टिकट छन्। जुन टिकटको मूल्य तीन करोड रुपैयाँ पर्छ। हुलाकले लोकतन्त्रपछि ती टिकट बिक्रीवितरण गरेको छैन। जसले कार्यालयको बोझमात्रै बनेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस