aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

विश्वका धनी व्यक्तिले जनमतको कदर गर्दै आफ्नो शेयर बेचे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
विश्वका धनी व्यक्तिले जनमतको कदर गर्दै आफ्नो शेयर बेचे

एजेन्सी । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी एलोन मस्कले करिब पाँच अर्ब डलर बराबरको आफ्नो शेयर बेचेका छन् । उनले आफ्ना ६३ मिलियन ट्वीटर फलोअर्सलाई टेस्लामा रहेको आफ्नो १० प्रतिशत सेयर बेच्ने कि नबेच्ने भनेर सोधेको केही दिनपछि उनले आफ्नो शेयर बेचेका हुन ।

बुधवार उनले शेयर बेच्ने पक्षमा धेरै जनमत आएपछि दुई दिनमा कम्पनीको सेयर लगभग २५प्रतिशतले घटेको छ ।  टेस्ला विश्वको सबैभन्दा मूल्यवान कार निर्माता हो । जसको स्टक बजार मूल्य १ ट्रिलियन डलर भन्दा बढी छ ।

मस्कको ट्रस्टले टेस्लाको करिब ३.६ मिलियन शेयर बेचेको छ । जसको मूल्य करिब ५ अर्ब डलरभन्दा बढी छ । एलन मस्क संसारको सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग व्यक्तिगत सम्पत्ति २८० अर्ब डलरभन्दा बढी रहेको अनुमान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस