
काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् । नाराबाजी गर्ने क्रममा प्रहरी र कानुन व्यावसायीको झडपमा प्रहरीको लठ्ठी प्रहारबाट बार महासचिव लिलामणि पौडेल घाइते भएका छन्। उनको नाकमा चोट लागेको अधिवक्ता टिकाराम भट्टराईले बताए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ हो । अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस