aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

विश्वका ६ ठूला कार निर्माताले गरे ऐतिहासिक निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
विश्वका ६ ठूला कार निर्माताले गरे ऐतिहासिक निर्णय

एजेन्सी। ग्लोबल वार्मिङ र वातावरणीय प्रदूषण जस्ता चुनौतीसँग जुध्न विश्वका ६ ठूला कार निर्माता कम्पनीले बुधवार ठूलो निर्णय गरेका छन् । बेलायतको ग्लास्गोमा जारी कोप-२६ बैठकमा यी कम्पनीहरूले यो निर्णय गरेका हुन् । यो निर्णयलाई ग्लोबल वार्मिङ घटाउने सार्थक पहलका रूपमा हेरिएको छ ।

सम्मेलनमा सन् २०४० सम्ममा पेट्रोल–डिजेलबाट चल्ने कारको बिक्री क्रमशः बन्द गर्ने प्रस्ताव गरिएको थियो । फोर्ड, मर्सिडीज बेन्ज, जनरल मोटर्स र भोल्भोलगायत करिब छवटा प्रमुख कार निर्माता कम्पनीले यसमा सहमति जनाएका छन् । ३१ देशका सरकारले यस्ता कारको बिक्री क्रमशः बन्द गर्ने घोषणा पनि गरेका छन् । तर, टोयोटा, फक्सवागन र निसान–रेनो जस्ता ठूला कार निर्माता कम्पनीहरूले यसलाई स्वीकार गर्न अस्वीकार गरेका छन् ।

वातावरण जोगाउन विगत दुई सातादेखि ग्लास्गोमा जारी कोप-२६ शिखर सम्मेलन शुक्रवार समापन हुँदैछ । यसअघि बुधवार जलवायु परिवर्तन अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घीय निकायले मस्यौदा जारी गरेको थियो । यसमा सबै देशहरूलाई हरित गृह ग्यास उत्सर्जन घटाउने लक्ष्यमा पुनर्विचार गर्न अपिल गरिएको छ।जारी गरिएका कागजातहरू सम्झौताको प्रारम्भिक रूपरेखा हुन्। ग्लोबल क्लाइमेट समिटपछि करिब २०० देशले यसमा सहमति जनाउनुपर्छ । 

ग्लोबल वार्मिङ घटाउनका लागि देशहरूले कडा लक्ष्य तय गर्नुपर्ने बताएको छ। जनतालाई कोइला, तेल र ग्याँसजन्य वस्तुको प्रयोगलाई न्यूनीकरण गर्न प्रोत्साहन गर्नुपर्छ। यसो नगरेमा उनीहरूलाई दिइने अनुदान खारेज गर्नुपर्छ । शिखर सम्मेलनले पुरानो लक्ष्यको बारेमा पनि कुरा गरेको थियो जुन तापमान १.५ डिग्री सेल्सियस (२.७ फरेनहाइट) घटाउने तय गरिएको थियो। वैज्ञानिकहरूका अनुसार बढ्दो गर्मीले जङ्गलमा आगजनी, बाढी र खडेरी जस्ता घटनाहरू बढाउन सक्छ। पृथ्वीको तापक्रम पहिले नै १.१ डिग्री सेल्सियसले बढिसकेको छ।

प्रतिक्रिया दिनुहोस