
एजेन्सी । शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय रिजर्व बैंकको दुई ग्राहक केन्द्रित पहलहरू आरबीआई खुद्रा प्रत्यक्ष योजना र रिजर्व बैंक एकीकृत लोकपाल योजना सार्वजनिक गरेका छन। आरबीआई खुद्रा प्रत्यक्ष योजना खुद्रा लगानीकर्ताहरूको लागि सरकारी धितो बजारमा पहुँच बढाउने लक्ष लिएको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले बिहीबार जनाएको छ।
यसले उनीहरूलाई भारत सरकार र राज्य सरकारहरूद्वारा जारी गरिएका प्रतिभूतिहरूमा प्रत्यक्ष लगानी गर्न नयाँ अवसर प्रदान गर्नेछ। लगानीकर्ताहरूले आरबीआईमा निस्शुल्क सरकारी धितोपत्र खाता अनलाइन खोल्न र कायम राख्न सक्नेछन्। रिजर्व बैंक (एकीकृत लोकपाल योजना)ले आरबीआईद्वारा विनियमित संस्थाहरू विरुद्ध ग्राहक गुनासोहरू समाधान गर्न गुनासो निवारण संयन्त्रलाई अझ सुधार गर्ने लक्ष्य राखेको छ।
प्रधानमन्त्री कार्यालय अनुसार योजनाको केन्द्रीय विषयवस्तु ‘एक राष्ट्र-एक लोकपाल’ मा आधारित छ जसमा एक पोर्टल, एउटा इमेल र एउटा ठेगानामा ग्राहकहरूले आफ्ना गुनासोहरू पेश गर्न सक्छन्। ग्राहकहरुलाई आफ्नो गुनासो दर्ता गर्न, कागजात पेश गर्न, स्थिति निगरानी गर्न र प्रतिक्रिया प्रदान गर्नको लागी सन्दर्भ को एकल बिन्दु हुनेछ।
बहु-भाषी टोल=फ्री नम्बरले गुनासो निवारण र गुनासो दायर गर्नको लागि सहयोगमा सबै सान्दर्भिक जानकारी प्रदान गर्नेछ। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमण र आरबीआई गभर्नर शक्तिकान्त दास पनि कार्यक्रममा सहभागी हुनेछन्। इण्डियान्युज नेटवर्क
प्रतिक्रिया दिनुहोस