aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीमा जम्मकट्टेल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीमा जम्मकट्टेल नियुक्त

काठमाडौं । बागमती प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सत्तारुढ माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता  जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका हुन् । 

जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । माओवादी केन्द्रका एक सांसदका अनुसार प्रदेश सरकारले पूरक बजेट ल्याउने तयारी गरेकाले आर्थिक मन्त्रालय जम्मकट्टेल लिएका हुन् । जम्मकट्टेलले बिहीबार शपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस