aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सालीसँग हिमचिम, श्रीमतीको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ साउन २०७६
सालीसँग हिमचिम, श्रीमतीको हत्या

हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए ।

प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनावद्ध हत्या गरेको खुल्यो । हत्याको कारण थियो–सालीसँगको हिमचिम ।

रमेश पोखरा रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै मोबाइल पसल चलाउँथे । ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीय लक्ष्मी घरमै बस्थिन् । श्रीमानलाई हरेक बिहान पसलमै खाना पुर्याउँथिन् ।  उनलाई छालाको एलर्जी थियो । अनेक उपचार गर्दा पनि निको भएको थिएन ।

केही समयदेखि रमेशको हिमचिम लक्ष्मीको मामाकी छोरी अनु परियारसँग रहेको पत्ता लाग्यो । अनुसँगको सम्बन्धबारे वर्षदिन अघि लक्ष्मीले चाल पाएपछि त्यसैमा घरझगडा भएको बयान माइती पक्षले बयान दिएको खबर तस्बीरसहित आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस