
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’बाट सरकारले गरेका काम जनतासमक्ष पुर्याउन सहज भएको बताएका छन् ।
‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ एक वर्ष पुगेका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले यस कार्यक्रममार्फत देशको आकाङ्क्षा, सरकारका उपलब्धि र प्रतिफल जनतासँग पुर्याउन सहज भएको बताए ।
“यस कार्यक्रममार्फत देशको अवस्था, सरकारका उपलब्धि, सडक यातायातको चर्चा, राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने दृष्टिकोण प्रस्तुत गरेका छौँ”, प्रधानमन्त्री ओलीले भने ।
उक्त कार्यक्रम हरेक बुधबार राति ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक वर्षसम्ममा ५० अङ्क प्रसारण भएको थियो । कार्यक्रम सञ्चालक मनोज पाण्डेले आजैबाट जनतासँग प्रधानमन्त्री कार्यक्रमको प्रसारण समापन गरिएको जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री पुस्तकको पनि विमोचन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस